-सिपी अर्याल (CP Aryal)
त्रिचन्द्र कलेजबाट पूर्वतिर दुई सय मिटरजति लाग्नूस्, त्यहाँ एउटा सरकारी भवन ठडिएको देख्नुहुन्छ। भरलिो आँगन र आकर्षक बनोट छ, त्यस भवनको। बाहिर आकर्षक देखिने यो त्यही भवन हो, जसमा नेपाल प्रज्ञा-प्रतिष्ठान छ। जुन उद्देश्यसाथ प्रतिष्ठानको स्थापना र यस भवनको निर्माण गरएिको थियो, त्यो भित्रभित्रै मक्किएको छ। आफ्नो उद्देश्यमा हिँड्न नसकेर अन्योलग्रस्त भएको छ।
बुकवर्म ट्रस्टद्वारा ८-११ कात्तिकमा आयोजित साहित्य मेला प्रज्ञा भवनको आँगनमा भइरहँदा त्यसले नेपाली अक्षरबजारको वृत्तमा परविर्तनका छुट्टै ज्वारभाटा प्रसारण गररिहेको थियो। एउटा सरकारी संस्था, जुन साहित्यलाई माथि उठाउने जिम्मेवारीसाथ खडा भएको थियो, त्यसैको आँगनमा साहित्य मेला भयो, निजी क्षेत्रको सम्पूर्ण प्रयासमा। गर्नुपर्ने काम उल्लेखनीय रूपमा नगरेरै आफ्नो तलबभत्ता पकाइरहेको उक्त सरकारी संस्थाको निधारमै सीधा प्रहार थियो, त्यो साहित्य मेला। पोहोर पनि प्रज्ञा-प्रतिष्ठानको आँगनमै यस्तो मेला भएको थियो। तर, प्रज्ञा-प्रतिष्ठान त निदाइरहेकै छ, देशविदेशका लेखक र पाठकबीच भएका तात्ताता बहस-आवाजले समेत उसको चिरनिद्रा हरण गर्न दुर्भाग्यवश सकेन।
मात्रै एक दशकअघि पुस्तक प्रकाशन व्यवसायमा गतिलो विकास हुने, मानिसबीच पढ्ने बानीको व्यापक विकास हुने र पुस्तकहरू टन्नै बिकेर लेखक रातारात 'सेलिबि्रटी' हुने कुरा अकल्पनीय नै त थिएनन् तर यी सबै हुन अझै दशक लाग्ने अनुमानचाहिँ थियो। महोत्सवको सुरुको दिनमा राष्ट्रकवि माधव घिमिरेले दिएको उद्घाटन भाषण सुन्दा लाग्थ्यो, उनले पनि यी सबै कुरा विश्वास नगरेर आफूलाई चिमोट्दै छन्। "म ९० वर्षको बूढो मानिसलाई पनि तपाईंहरूले यो मेलाको साक्षी बनाउनुभयो," उनले खुसी प्रकट गरेका थिए, "मलाई कति खुसी लागेको होला !" पुस्तक पढ्दा दण्डित भइने राष्ट्रकविको युगबाट पुस्तक नपढ्दा बेइज्जती हुने युगमा फड्किसकेको नेपाली समाजमा उल्लेख्य भिन्नता आएकै हो।
लेखक अमर न्यौपाने यो साहित्योत्सवलाई दसँै-तिहारपछिको तेस्रो ठूलो चाड मान्छन्। भन्छन्, "दसैँमा श्रद्धा गरनिेसँग आशीर्वाद लिने, तिहारमा दिदी-बहिनीसँग लिने र यो उत्सवमा आफ्ना पाठकबाट आशीर्वाद लिने, उहाँहरूको कुरा सुन्ने, अग्रजलाई भेट्ने काम हुन्छ, कुनै जात, धर्म हुँदैन यसमा।" दसैँ र तिहारका बीच काठमाडाँै प्रायः सुनसान रहन्छ। दसैँको थकानबाट उघारएिर मानिसहरू यो काठमाडौँमा ज्यान फालेर व्यस्त हुन आइसकेका हुँदैनन्। यस्तो सुनसानमा साहित्य महोत्सवमा मानिसहरूको उपस्थिति पनि कमजोर होला भन्ने डर आयोजकलाई थियो। तर, त्यसो भएन। देखियो, मानिसहरूको भोक। प्रांगणले थेग्न सकेको भीडले महोत्सवलाई सफल बनायो।
एनसेल नेपाल लिट्रेचर फेस्टिभल नाम दिइएको यो महोत्सव सफल त भयो तर केही कमजोरीहरू जरुर थिए। युवाहरूले व्यापक मिहिनेतसाथ गरेको यति ठूलो महायज्ञका अगाडि ती कमजोरीहरूको महत्त्व पनि छ। उत्सव सकिएको साँझ बिलकुल सुनसान देखिएको प्रज्ञा-प्रांगणतर्फ थकित आँखा घुमाउँदै थिए, आयोजक अजित बराल र निरज भारी। बराल भन्दै थिए, "केही गल्ती र कमजोरी भए पनि महोत्सव सफल भयो, हामी गल्तीहरूबाटै सिकिरहेका छौँ।" हो, मानिसको जीवनको सिकाइको महत्त्वपूर्ण मानक गल्तीहरू पनि हुन्।
समग्रमा भन्दा यो साहित्य महोत्सवलाई सफल मान्नुपर्छ।कमजोरीमध्ये प्रमुख त साहित्य महोत्सवमा साहित्यिक लेखकको उपस्थितिलाई बढी ध्यान दिनुपथ्र्यो आयोजकले। साहित्यिक लेखकपछि गैरसाहित्यिक लेखकको पालो त छँदै थियो। नेपाली पुस्तकको प्रवर्द्धनका लागि सचेत हुनुपथ्र्यो उनीहरू। र, केही छुट्नै नहुने खालका सवाल समावेश गर्नुपथ्र्यो। यसबाहेक महोत्सव आफूले प्रकाशन गरेका किताब प्रवर्द्धन गर्ने मञ्च भएको छनक नआएको भए त्यो सफलताको अर्को मानक बन्ने थियो, त्यसबाट आयोजकको क्षमता अझ दरएिको महसुस हुन्थ्यो।
नेपाली राजनीति, दिल्ली र दरबारबारे सबैथोक बताएको पुस्तक प्रयोगशालाबारेको छलफलमा लेखक सुधीर शर्मा, युवराज घिमिरे, मुमाराम खनाल र झलक सुवेदी होमिएका थिए। सो छलफलबाट नयाँ कुरा केही आएन, आयोजक आफैँले प्रकाशन गरेको पुस्तकको प्रवर्द्धन गर्ने उद्देश्य त्यस सेसनको देखिन्थ्यो। अहिले धेरै पाठकको जबरजस्ती ध्यान खिचेर तिनलाई किताब पढ्न बाध्य बनाउने सवाल भनेको साहित्यमा प्रयोग भइआएको 'ग्ल्यामर' हो। यसको प्रयोगधर्मिताबारे बहस गरेका साहित्यकारहरू साहित्यमा ग्ल्यामर भनेको के हो भन्ने तथ्यमै अल्भिmएकाले यो बहस पनि खास उत्पादनमूलक हुन सकेन। तर, बहसले केही गम्भीर प्रश्न जरुर जन्मायो, जसले भर्खरै उदाउँदै गरेको 'चिकलिट'बारे धेरै थोक बतायो।
'साहित्य समाजको ऐना हो' भन्ने पुरातन परभिाषालाई फरक दृष्टिले हेर्दै अमर न्यौपानेले आख्यान र गैरआख्यानको छलफलमा भने, "साहित्य समाजको ऐना होइन किनभने ऐनाले अगाडि जे छ त्यही देखाउँछ, भित्री हृदय देखाउँदैन। साहित्यले त मानिसको बाहिरी र भित्री हृदय दुवै देखाउँछ।" साहित्यानुरागीका लागि अमरको यो नयाँ परभिाषा बिलकुलै सुरुचिपूर्ण र नयाँ थियो। तर, यसलाई विवाहबारे राजेश हमालको बेढंगी परभिाषाले ओझेलमा पार्यो। साहित्य महोत्सवमा हमाललगायत फिल्मी कलाकार र गैरसाहित्यिक व्यक्तिको उपस्थितिले भन्दा लेखकहरूको उपस्थितिले जोडदार महत्त्व राख्नुपथ्र्यो। किनभने, यस्ता महोत्सवले सबैले चिनेका हमालभन्दा कसैले नचिनेका नेपाली लेखकलाई आमवृत्तमा ल्याउन मद्दत गर्न सक्छ। हुन त आममानिसले हमालजस्ता सेलिबि्रटीप्रति राख्ने व्यापक चासो बुझेरै होला, आयोजकले 'सेलिब्रेटिङ् राजेश हमाल' शीर्षकमा कार्यक्रम राखेका। त्यसै कारण हुन सक्छ, पुस्तान्तर शीर्षकमा भएको गम्भीर बहसभन्दा हमालले बिहे कहिले गर्लान् भन्ने जान्न उनी बोलेको सत्रमा उदेकलाग्दो भीड भएको !
नेपालइतरका अन्तर्राष्ट्रिय लेखक/म्यानेजमेन्ट गुरु प्रकाश ऐर, लेखक प्रज्ज्वल पराजुली, लेखिका शोभा डे, फराह गुज्नवी, एनी जाइदी तथा नेड ब्युम्यानजस्ता लेखकको उपस्थिति प्रार्थनीय थियो महोत्सवमा। तर, विदेशी लेखकको उपस्थितिले नेपाली लेखकलाई छायाँमा पारेको महसुस पनि भइरहेको थियो।
चर्चित भारतीय स्तम्भकार तथा लेखिका शोभा डेले पत्रकार कुन्द दीक्षितसँग गरेको कुराकानी दर्शकका लागि निकै सुरुचिपूर्ण रह्यो। लेखनीमा आफ्नो धर्म कहिल्यै छोड्न नहुने बताएकी शोभाको सौन्दर्य रहस्य देखेर दर्शक मोहित भएका थिए। साथै, दीक्षितको प्रश्न सोधाइमा पनि उत्तिकै मादकता थियो। कार्यक्रमका सबैभन्दा सफल 'मोडरेटर' -प्रस्तोता) दीक्षित नै देखिन्थे। दीक्षितबाहेकका अन्य मोडरेटर वसन्त बस्नेत, दिलभूषण पाठक, विष्णु सापकोटा, ऋचा भट्टराई, अनुप बरालहरूको प्रयास पनि सराहनीय थियो।
केवल चार दिन चलेको महोत्सवले समेट्न नसकेका सवालहरू पनि थुप्रै थिए। नेपालका (जीवित र मृत दुवै) 'क्लासिक' लेखक र तिनका पुस्तकबारेको छलफल किन चलेनन्? ध्रुवचन्द्र गौतम, सरुभक्त, मनु ब्राजाकी, रमेश विकल, डायमनशमशेर राणा, बीपी कोइराला, पारजिातबारे छलफल नचलाएर साहित्य महोत्सव मौन भएर गल्ती नै गरेको हो। अझ नेपाली निबन्ध लेखनमा चामत्कारकि शैली भित्र्याउने शंकर लामिछानेको लेखाइबारेको एउटा सत्र पनि थिएन। पारजिात, भूपी र बीपीबारे पनि त्यस्तै, जसको लामो छ, सूची।
सत्यमोहन जोशीलाई एउटा सत्रमा बोल्न दिइएको भए हुन्थ्यो, नेपाली संस्कृतिबारे अपार व्याख्या गर्न सक्थे। हामीबीच एउटा यस्तो नयाँ पुस्ता तयार हुँदै छ, जो नयाँ पुस्ताका लेखकसँग मात्र परििचत छ, पुरानालाई चिन्दैन। त्यस्तो पुस्तालाई ती पुराना लेखकको शैलीबारे परििचत गराउन पनि साहित्य महोत्सव जिम्मेवार भएर 'क्लासिक अथर'लाई ठाउँ दिनुपथ्र्यो। यसो गर्दा नयाँ र पुराना पुस्ताबीचको दूरी घट्ने थियो। लेखन र प्राध्यापनमा अति व्यस्त अभि सुवेदी महोत्सवका चारै दिन 'फूल टाइम पार्टिसिपेन्ट' भएर यताउति डुलिरहेका देखिन्थे। उनले आफ्नो अपेक्षा सुनाए, "नेपाली उपन्यास लेखनमा राजनीति तथा इतिहासको मिश्रणबारे केही छलफल भएको भए त्यसले हाल जारी रहेको उपन्यास लेखनमा राम्रो प्रभाव छोड्न सक्ने थियो ।" यसै गरी सधैँभरि विवादमा आइरहने साहित्यिक पुरस्कारबारेको छलफल पनि रुचिपूर्ण हुन सक्थ्यो। त्यसबाहेक, वैज्ञानिक लेखन (साइन्टिफिक राइटिङ्)को विषयलाई महोत्सवले अहिलेसम्म प्राथमिकतामा पारेको छैन। खेलकुद र संगीतलाई पनि आउँदा सत्रहरूमा समेट्न सकिए साहित्य महोत्सवले अत्यधिक मानिसलाई आकषिर्त गर्न सक्छ।
महोत्सवले कुलीन वर्ग (एलिट क्लास)को प्रतिनिधित्व गर्यो भन्ने आवाज पनि यसपटक आए। त्यस अनुसार अंग्रेजी भाषामा लेख्ने लेखकलाई बढी प्रश्रय दिइयो। हुन पनि लगभग एक दर्जन सत्र अंग्रेजी भाषामै र अंग्रेजी लेखनमै केन्दि्रत थिए। हाम्रो साहित्य बिस्तारै फक्रिरहँदा नेपाली भाषा र नेपाली लेखकलाई नै बढी प्राथमिकता दिइएको भए त्यो अझ फलदायी हुन सक्थ्यो ।
(कान्तिपुर प्रकाशनको नेपाल साप्ताहिकमा प्रकाशित। लिङ्क यहाँ )
No comments:
Post a Comment