नेपालमा निकै थोरैले सुनेका एउटा खेललाई स्थापित गराउन यी प्लस टु पुस्ताका युवाहरू आफ्नो लक्ष्यको सगरमाथा चढिरहेका छन् । निरन्तर । बाइक स्टन्ट नामको त्यस्तो खेल खेल्न जान्ने हुन पनि एउटा द¥हो मुटुको आवश्यकता हुन्छ ! यसमा गह्ङ्गा मोटरसाइकललाई खेलौनाजस्तो बनाएर खुब बेतोडले हावामा हुइंकाउनु, पछाडिको पांग्राले मात्र गुडाउनु, अगाडिको पांग्राको भरमा रोक्नु कम साहस र जोखिमको काम होइन ! राम्रो अभ्यास नभै यो सम्भव नै हुँदैन ।
‘यो पनि कुनै खेल हो र ?’ मानिसहरूले उनीहरूको टाउको माथि हुर्राउने बारम्बारको प्रश्न हो यो । यस्तो मनै जिरिङ्ग पार्ने खेलप्रति रुची पनि कसरी जाग्यो होला ? आफ्नो ज्यानै जोखिममा मोलेर खेल्नुपर्ने खेल ! ‘तर मानिसहरूले सोचेजस्तै यो खेल ज्यानै जोखिममा राखेर खेल्न पर्दैन । सुरक्षाका धेरै उपाय हुन्छन् नि !’ कपिल गोइन्का भन्छन् जो बाइक स्टन्ट गर्ने युनिक राइडर्सका एक सकृय सदस्य हुन् ।
तीन वर्ष अगाडि मात्रैको कुरो हो । कपिल र साथीहरु गरी २० जनाको एउटा समुह बन्यो । बाइक स्टन्ट गर्नेहरुको । त्यसको नाम ‘युनिक राइडर्स’ राखियो । ‘युनिक राइडर्स’मात्र हैन अर्को समुह पनि छ बाइक स्टन्टमा संलग्न भएकाहरुको । त्यो हो ‘टिम निमेसिस’ । ‘टिम निमेसिस’ले त गएको बैशाख १ गतेका दिन ललितपुरको सातदोबाटोस्थित स्विमिङ कम्प्लेक्समा नेपालकै पहिलो मोटरबाइक स्टन्ट सो पनि गरेको थियो । नेपाली ठिटाहरुको त्यो स्टन्ट हेरेर कतिपयले त जिब्रो टोकेका थिए । १८ देखि २८ वर्ष उमेरका १० जना मोटरसाइकल चालकले विभिन्न प्रकारका खुबी प्रदर्शन गरेका थिए त्यो दिन ।
फरक चाहना
यस्तो खेलमा उनीहरूको रुचि जाग्नु विभिन्न कारण छन् । ‘मानिसहरूले बाटोमा साधारण तरिकाले मोटरसाइकल चलाएको देख्थ्यौँ’ गौरब पाठक भन्छन्, ‘अनि तिनीहरूभन्दा फरक तरिकाले मोटरसाइकल चलाउँ जस्तो लाग्थ्यो । ताकि सबैले हामीलाई देखेर दंग परुन् ।’ यो चाहसँगै उनीहरूले टेन स्र्पोट्सलगायतका च्यानलहरूमा आफूले चाहेजसरी नै भटभटे कुदाएको देखे । ‘यस्तो त खेल पनि हुँदो रैछ । त्यसपछिमात्रै जानियो ।’ मनिष हाँस्छन् । स्टन्ट गर्न यी युवाको रोजाइमा पर्ने बाइक भनेका एफ जेड, आर वानफाइभ, अपाची र पल्सर हुन् । तर सबैभन्दा सुरक्षित र सजिलो एफजेड हुन्छ भने पल्सर चाहिँ अलिक असुरक्षित रे ।
खेल अवैध छ के गर्ने ?
सन् १९६०/६५ को दशकतिर स्पोर्ट बाइकहरू युरोप र अमेरिकी बजारमा ब्यापक उत्पादन हुन थाल्यो । त्यसपछि शौखिनहरूले बाइकमा अजङ्ग तालले उभिएर, बसेर, सुतेर फरक फरक तालले मोटरसाइकल चलाउन थाले । त्यसपछि नै बाइक स्टन्टको खेल सुरु भएको मानिन्छ । यो खेलले आफ्नै महत्व राखेपनि नेपाललगायत संसारका थुप्रै मुलुकहरूले यसलाई वैध खेलको रूपमा स्विकारेका छैनन् । यसप्रति यी युवाहरू निकै दुख्खी छन् । ‘आफूले भविष्य बनाउने खेललाई सरकारले वैध पनि मानेको छैन ।’ मनिष श्रेष्ठले यसो भन्दा उनका निधारमा पीरका हजार मुजा देखिएका थिए ।
मन लागेन भने पुलिसलाई...
क्रिकेट,फुटबल, ब्याडमिन्टन, हकीको खेलमैदान भएजस्तै स्टन्टिङको लागि कुनै गतिलो र सस्तो रेटको मैदान भैटेका छैनन् यिनले । सातदोबाटो खेल मैदानमा एउटा छ त्यो पनि महंगो ! दुइ घण्टाको चालिस हजार लिने रे ! ‘तैपनि पार्किङबाट पैसा नआउने छाँट भयो भने मात्र हामीलाई मैदान दिन्छ ।’ सुजन भन्छन्, ‘यसरी हामी अप्सनमा बाँचेका छौँ ।’ त्यसैले यिनले बाटो या पार्क जता भयो उतै प्राक्टिस गर्छन् । मानिसहरूले आफूलाई मन लागुन्जेल हेर्छन् नलागे वा डिस्टभ भए पुलिस लाइदिन्छन् । कस्तो अप्ठ्यारो !
भविष्यको योजना
यी युवाहरूलाई यो खेल खेल्न घरबाट पनि राम्रो सपोर्ट छ । सबैलाई भनेजस्तो बाइक किनिदिएका छन् घरकाले । ‘विचार पु¥याएर खेल भन्नुहुन्छ मम्मीले ।’ एलिस भन्छन् । विचार पु¥याएकैले अहिलेसम्म मृत्युसँग साइनो गाँस्ने खालको दुर्घटना पनि भएको छैन । फाट्टफुट्ट बाहेकका ।
सुजन बज्राचार्यको नेतृत्वमा बाइक स्टन्टिङ गर्दै आएको यो समुहको दुरदर्शि योजनाहरू छन् । ‘हामीले बाइक स्टन्ट सिकाउने एउटा एकेडमी खोल्ने योजना छ’ गौरव सुनाउँछन् । यसमा एलिस पन्त थप्छन्, ‘जसमार्फत् कलेजहरूमा यसबारे सिकाउने । बाइक स्टन्टिङ भनेको के हो ? सेफ स्टन्टीङ कसरी गर्न सकिन्छ ? आदि कुराहरू ।’ कैलेकाहिँ सिनेमा, सिरियलहरूले बोलाए, कहिले स्पोन्सर भेटिएमा प्रतियोगिताबाट अलिअलि पैसा आउँछ, त्यत्ति हो यिनको आम्दानीको श्रोत । अरू त केइ छैन । धेरै खर्चै हुँदो रैछ , आर्मर, ग्लोभ्स्, गतिलो हेल्मेट लगायतका सुरक्षा सामाग्री किन्दा पैसा जान्छ । बाइक बिग्रिए बनाउनै महंगो !
देशमा यस्ता थुप्रा युवाका समुहहरू छन् जो राम्रो प्ल्याटफर्म नपाएर थन्किएर बसिरहेका छन्, महत्व नपाएर कुनामा मिल्किएको एउटा वस्तु जस्तै । देशले खेलको थुप्रै क्षेत्रमा राम्रो हौसला पाइरहँदा बाइक स्टन्टिङलाई पनि ध्यान दिए यसमा राम्रो गर्न सक्ने चमक यी युवाका आँखाहरूमा स्पष्ट देखिन्छन् ।
थरिथरिका स्टन्ट
बेलायत तथा अमेरिकाका बाइक स्टन्टले लोकपि्रयता हासिल गर्दैछ । अमेरिकामा सार्वजनिक सडकमा बाइक स्टन्टिङमा रोक लगाइएको छ । कसैले सार्वजनिक सडक त्यस्तो गरेमा जेल सजाय पनि हुनसक्छ ।मोटरसाइकल स्टन्टिङमा चर्चित नाममध्ये एक हो रोबर्ट क्रेग निभल जुनियर । उनी सन् १९६० को दशकमा पेसेवरकै रूपमा बाइक स्टन्टिङमा लागेका थिए । उनका प्रदर्शनी धेरै पटक टेलिभिजनहरूबाट प्रसारित भएका थिए । हालै उनको निधन भयो । डोउग डोमोकोसलाई 'द हृविली किङ' पनि भनिन्छ । उनको कीर्तिमानलाई आठ वर्षसम्म कसैले तोड्न सकेन । सन् १९५५ मा जन्मेका डोमोकोसको निधन सन् २००१ मा भयो ।
बाइक स्टन्टिङमा प्रयोगमा आउन शब्दहमध्ये एक हो हृविली । हृविली भन्नासाथ सामान्यतया बुझिने कुरा हो, मोटरसाइकललाई अगाडिबाट उठाउनु । हृविलीका पनि थुप्रै प्रकार छन् । यसमा 'सर्कल', 'हाइ चेयर', 'प|mग', 'ट्वेल्भ ओक्लक' आदि पर्न आउँछन् । 'सर्कल' मा एउटा निश्चित गोल घेराभित्र मोटरसाइकललाई घुमाउने काम हुन्छ । 'हाइ चेयर' मा मोटरसाइकल चालकका खुट्टाहरू हृयान्डलबारमाथि हुन्छ । 'प|mग' मा मोटरसाइकल चालक ट्याङ्कमाथि उभिन्छ । 'ट्वेल्भ ओक्लक हृविली' मा मोटर साइकललाई ९० डिग्रीको कोणमा ठाडो पारिन्छ । 'सिट डाउन हृविली', 'स्टान्ड अप हृविली', 'नाक नाक', 'क्यान क्यान', 'नोज ग्राब', 'फेन्डर ग्राब' 'वन हाण्डेड हृविली', 'फेन्डर ड्राग' आदि हृविलीका अन्य प्रकार हुन् । यसरी थरि थरिका सीपका लागि थरि थरिका नाम दिइएका छन् ।
एउटै मोटरसाइकलमा दुई वा दुईभन्दा बढी मानिसको सहयोगबाट 'हृविली' को प्रदर्शन गरिन्छ भने त्यसलाई 'म्यान-डोम' भनिन्छ ।
'स्टपी' भन्नाले गुडिरहेको मोटरसाइकललाई अगाडिको पाङ्ग्राको भरमा पछाडिको पाङ्ग्रा उठाउने कलालाई जनाउँछ । यसलाई 'एन्डो' पनि भनिन्छ । 'स्टपी' का प्रचलित प्रकारहरूमा 'रोलिङ एन्डो', 'क्राउनिङ एन्डो', 'ट्याङ्क स्टपी', 'फेन्डर ग्राब स्टपी', 'टेल ग्राब स्टपी', 'क्रस्ड ओभर स्टपी', 'बेबर स्टपी' आदि रहेका छन् । यी 'स्टपी' का आ-आˆनै विशेषता छन् ।
'बर्नआउट्स' अर्को प्रचलित शब्द हो । यसको अर्थ हुन आउँछ इन्जिन र ब्रेकको शक्तिको प्रयोग गरी पछाडिको चक्कालाई घुम्न बाध्य तुल्याई धुवाँको मुस्लो निकाल्नु । यस्ता 'बर्नआउट' मा 'स्युसाइड बर्नआउट', 'चेनश' आदि ।

Posted by-सिपी अर्याल (CP Aryal)
(Published as a cover story in 'Yuwamancha' monthly on 2068 Asar issue).
No comments:
Post a Comment