-सिपी अर्याल
अचेल बिसञ्चोले बढीनै चिथोर्न थालेको छ मेरी हजुरआमालाई । फोनमा नियमित बोलिरहन्छु । आँखा रसाउँछन् । रसाएर धमिलिएका मेरा आँखा उमेरले धमिल्याएर जालो लागेका हजुरआमाका आँखाले छर्लङ्ग देख्छन् । वेभले उहाँको कानसम्म मेरो आवाज पुर्याउन सक्दैन । त्यसैले एकतर्फि कुराकानी हुन्छ, उहाँ बोल्ने मैले चुपचाप सुन्ने । घर जान मन लाग्छ, एउटा युग बाँचेकी उहाँलाई सुनिरहन मन लाग्छ । चौरासी पूजा गरेपछि मान्छे पनि देउता हुन्छन् अरे । छिमेकहरू भन्छन्, “हजुरआमा पनि देउता हुनुभयो, मान्छेहरू माझकी भगवती हुनुभयो ।” देउता हुन्छन्/हुँदैनन् संसार ढुक्क छैन । मेरा लागि कम्तिमा तपार्इँ हुनुहुन्छ, त्यसैले म ढुक्क छु । यसकारण तपार्इँ देउता होइन हजुरआमा नै हुनुपर्छ ।
मेरी हजुरआमा |
पढाइ र कामका अनेक टन्टा छन् यहाँ । घर गइरहन पाउँदिन । वेभले नसुनाएको मेरो आवाज उहाँ आफैं सुनेर भन्नुहुन्छ, “तँ राम्ररी पढ्, काम अर् । आत्तिएर घर नआइज । मेरो पिर पनि नअर् । तेरा बा/आमाले नम्मरी स्याहार अर्चन् । फालफूलको रस ख्वाम्चन् ।” उहाँले रुचाउने खान्की, मिश्री लगिदिएको थिएँ । सकिएछ । भन्नुभयो, “तैँले ल्याइदेको मिश्री भ्याइयो । गुलियो मिश्री नातीको कमाइको हुँदा झन् गुलियो मानेर खाएँ !”
“बिहा अर् !” मलाई जिस्क्याउनुहुन्छ, “स्वास्नी ले । तँलाई चट्ट पारेर केम्पस पठाम्चे । मीठो ख्वाम्चे । मोया अर्चे । जे जात भएनी केइ हुन्न । तेरा बा/आमाले नमाने म फकाम्चु ।” सुन्छु अनि मुसुमुसु हाँस्छु । फेरि भन्नुहुन्छ, "हुन्त पढेर ठूलो मुन्छे हो पैला अनि ल्याउलास् स्वास्नी । अक्षरको डाक्टर हुनपर्च तँ ।" अक्षर नचिनेकी उहाँले कसरी थाहा पाउनुभयो होला मान्छेहरु 'अक्षरका डाक्टर' पनि हुन्छन् भनेर !
मेरो हृदयमा तपाईँको आवाजको बेजोड झंकार छ ! नमन तपाईँलाई !
मेरो हृदयमा तपाईँको आवाजको बेजोड झंकार छ ! नमन तपाईँलाई !
>>> 'स्वास्नी ले । तँलाई चट्ट पारेर केम्पस पठाम्चे । मीठो ख्वाम्चे । मोया अर्चे । जे जात भएनी केइ हुन्न...' Hajur aamaa ko love ra affection...
ReplyDeleteDherai raamro chha Shiv...
Good expression.
ReplyDeleteसाथीहरुको धापले मुटु हल्लायो, उर्जा मिल्यो ! धेरै धन्यवाद !
ReplyDeleteShort but Weighty....lekhisker jati space baaki bha chhan ti jati sabai hajuraama ko maayale bhariyeka chaan..
ReplyDeletei wonder how does our grandparents collect so much strength to maintain the the bitter pain of separation n knowledge within the innocence.