Friday, April 22, 2011

शहरलाई सुन्दर बनाउनेहरू


(Published in Gorkhapatra, 2068 Baisakh 9 Friday).


मौनताको अगतिलो आवाज उनको आकाशमा त्यतिखेर गर्जियो जतिखेर उनको सानो छोरोले “मामु हजुरलाई धुलो–धुवाँमा उभिरहँदा दुख्ख हुन्छ, सन्चो हुँदैन अर्को जागिर गर्नुस्” भन्यो ।

थापाथली चोकमा लाम लागिरहेका सयौँ मोटरलाई वारि–पारि गराउने ध्याउन्नमा लागेकी ट्राफिक उर्मीला हरिजन त्यसपछि मौन बसिन्, खोला तरिसकेपछि माझीलाई छोडेर हिँडेको मानिसलाई हेरेर टोलाएको माझीदाई जस्तै ।


आफूले त्यसैमा सन्तुष्टि देख्ने, देश सेवा गर्ने मन त्यै कामबाट मात्र पूरा हुने देखेकाले छोरोको मन जसोतसो पनि बुझाउन त सकिन् । तर बुभ्mने गरी सकिनन् । छोरोको चित्त बुभ्mने गरी आफ्नो मन बुझाउन उनलाई धौ–धौ त सारै भो ।

आठ वर्ष अगाडि ट्राफिकको युनिफर्मले उर्मीलालाई आकर्षित ग¥यो । “आहा त्यसैगरी म पनि युनिफर्ममा ठाँटिन पाए कस्तो देखिन्थेँ होला !” उनको मनले सुसेल्यो । त्यति नै बेला ट्राफिकमा भर्ति खुलेको रैछ । अनि युनिफर्म लगाउने मात्रै रहर पूरा गर्न भएपनि ट्राफिक हुने फारम् भरिन् । सफल नहुने त कुरै भएन । उर्मिलाले आफ्नो आत्मविश्वासलाई आफैँले जितिन् ।

“यो शहरलाई व्यवस्थित गर्ने, कुरूप अनुहारमा सुन्दरताको स्थायी लेप लगाइदिने जिम्मेवारी हामीमाथि छ” फुटपाथमै घुइँकिन थालेको एउटा बाइकलाई च्याप्पै पारेर रसिद काट्ने तयारी गर्दै उनले भनिन्, “त्यसैले मलाई यो पेशाप्रति जिम्मेवारीबोधबाहेक गहिरो लगाव पनि छ ।” अरूले देख्दा उनको जागिर सारै दिक्दारलाग्दो होला । “घाम पानीमा खट्नुपर्ने, धुलो धुवाँमा मुख जोतिरहनुपर्ने, कान पाकुन्जेलसम्म पनि गाडीको टुँ......सुन्नुपर्ने” भनी मानिसहरूले नाक खुम्चाउलान् ।

“ल्याम्पपोस्ट बलिरहन्छ, कुकुर भुकिरहन्छ ।”त्यसैले आफूले गरेको पेशालाई उर्मीलाको दिलबाटै बिछट्टै लगाव छ । कहिलेकाहिँ आउने दिक्दारीको कुरा त जसलाई पनि हुन्छ नि !

“लौन छोरी मलाई बाटो कटाइदेऊ !” गफिँदै गर्दा उर्मीलाको हात कोइ बुढी आमाले समात्छिन् । पुलुक्क हेर्दे ती बुढी बटुवालाई बाटो काट्न सहयोग गर्छिन् उनले ।


“देख्नुभो यहि हो ठूलो सन्तुष्टि भनेको ।” उर्मीलाले ओकेलेको वाक्यले धेरै कुरा संकेत गरिहरको थियो ।

२०२३ सालमा काठमाण्डौँमा ट्राफिक लाइट राखिँदा महिला ट्राफिकको त कन्सेप्ट नै थिएन । यसको उनान्तीस वर्षपछि २०५२ मा थापाथलीमा पहिलोपटक आधुनिक ट्राफिक बत्ति बल्यो । ट्राफिक बत्ति बल्दा अहिलेको जस्तो गाडीको चाप थिएन । गाडी र मान्छे उति सा¥हो नहुँदा धुलो धुवाँ उड्ने कुरै भएन । ट्राफिकहरूलाई उति सास्ती पनि थिएन । विस्तारै चालिसको सुरुआति दशकतिर केही महिलाहरूले धोती लाएर ट्राफिक व्यवस्थापनको काम गर्थे । उनीहरू महिला ट्राफिक भन्दा पनि स्वयंसेविका भनेर चिनिन्थे ।

हेटौँडा घर भएकी उर्मीलाको जस्तै कथा छ, जय बागेश्वरी घर भएकी थापाथलीकी ट्राफिक प्रहरी बिट इन्चार्ज लक्ष्मी गरुङको । आजभन्दा लगभग पच्चीस वर्षजति अगाडि सिपाही भएर प्रहरीमा प्रवेश गरेकी लक्ष्मी अहिले सइ भएर कुनै वृत्त सम्हाल्ने हाकिम भैसकेकी छन् । सिपाही हुँदा उतिबेला ३५५ रुपैँया थियो उनको तलब जुन अहिले लगभग तेर हजार चानचुन पुगिसक्यो । हुरहुरे उकालो लागिरहने यो महंगीमा लक्ष्मीलाई तलबले मात्रै धानेको होला त ? ट्राफिक भै सकेपछि एस्सो कैलेकाइँ गाडीवालाहरूसँग निहुँ खोजेर हुने आम्दानी ले पनि काम गरेको होला नी ?


“तलबले मात्रै घरखर्च धान्न त मुस्कील होला तर मेरो केस तेस्तो परेको छैन । घरभाडाले धेरै टेको लाउने काम गरेको छ ।” लक्ष्मीले सही भनिन् वा गलत , राम जाने ! किनकि आम मानिसले “ट्राफिकले खुब कमिशन खान्छन्” भन्ने आरोप लगाउँछन् । जस्तो कि कीर्तिपुर–रत्नपार्क हायस माइक्रो चलाउने रिजन मानन्धरले भन्छन् । रिजन जस्तै थुप्रैलाई लागेको कुरा एउटा छ, पुरुष भन्दा महिला ट्राफिक रुखा स्वभावका हुन्छन् र त्यही रुखो पनले नै सजिलै जाम खुलाउँछ । किन होला त नारी ट्राफिक रुखा भएका ?

“महिलाहरू ट्राफिक हुन थालेदेखि नै एउटै खालको कडा नियम लागू गरे । जुन अहिलेसम्म पनि स्थायी छ ।” उर्मीलालाई यस्तो लाग्छ ।

यो जागिरप्रति दिक्दारी लाग्ने एउटा मात्रै बेला छ लक्ष्मीसँग । पानी पर्दा । “कर्डलेस कसरी जोगाउने, टोपी, ड्रेस, मोबाइल फोन, जुत्ता कसरी नरुझाउने, आफू कसरी नरुझिने, उता टुँ.....गरेको मोटरलाई व्यवस्थित पार्ने ओहो...सारै पिर पो हुन्छ त !” यस्तै बेलाबाहेक यो जागिरमा लक्ष्मी निकै रमाएकी छन् । रुखो हैन खरो र सिधा बोलि भएकी यी नारीलाई यो जागिरले निकै सक्षम, आत्मविश्वाशी र निडर बनाएको छ ।

आम गुनासो छ एउटा, सानातिना पोस्टमा भएका ट्राफिकलाई मात्रै हो घाम पानीमा खटिनुपर्ने, काठमाण्डौँको फोहोरी धुलो खानुपर्ने भन्ने । “ट्राफिकमा ठूलालाई चैन सानालाई ऐन” छ रे नि ? सोध्दा डिफेन्सिभ हुँदै लक्ष्मी यसो भन्छिन्, “फौजिमा दर्जा त भै हाल्छ नि !” हो पनि ।

गाडीवालाहरूसँग अनावश्यक डिस्कस धेरै गर्नुपर्छ यी नारीहरूलाई । निलकाँडाको जस्तै अगतीलो काँडा जस्तो बोलिले घोँच्छन् चालकहरूले । सबथोक चुपचाप सहनेबाहेक अर्को गर्दैनन् यिनले ।


“उनीहरूले जानेकै तेत्ति हुन् के गरुन् अर्थोक ?” लक्ष्मीले यसो भन्छिन् । उर्मीलालाई भने यस्तो लाग्छ, “तिनीहरूलाई कारवाही गर्न त हुन्थ्यो तर मुख छाड्नेलाई कानुनी कारवाहीको स्पष्ट व्यवस्था छैन त्यसैले सुनेको नसुनेइ गर्नेबाहेक उपाय छैन ।”

लक्ष्मी गुरुङ, सुविन कटुवाल, हिरा नेपाल, धनिकला कार्की र उर्मीला हरिजनलाई जागिर सुरु गर्ने बेला र अहिले गरिरहँदा पनि घरबाट राम्रो सपोर्ट छ । घरबाट कसैलाइ कहिल्यै पनि “यो क्षेत्रमा नजा” भनेनन् । त्यसैले यो पेशाप्रति झन् सम्मान छ उनीहरूको मनको नेपथ्यमा । सुविन, हिरा र धनिकला तिनैजनालाई बस चालकहरूले अनावश्यक झगडा गर्न खोज्छन्, गिज्याउँछन् जस्तो लाग्छ भने उर्मीलालाई मोटरबाइक चलाउनेले हेप्न खोख्छन् रे ।

सन् १९६४ मा पेरिसमा महिला ट्राफिक परिचालनको काम सुरु हुँदा त्यसको ३१ वर्षपछि मात्रै हामीले नेपालमा यस्तो कामलाई पछ्यायौँ । नेपाल प्रहरीले २०६२ मा थापाथलीमा महिला ट्राफिक वृत्त स्थापना भयो भन्छ । त्यसपछि मात्रै महिला ट्राफिकका कुरा महिलाले नै बुभ्mने गरी काम सुरुआत भयो, पहिला थिएन । “घरव्यवहार भएकालाई समयमा ड्यूटीबाट घर जान दिने, वा त्यसैअनुसार सजिलो हुने गरी ड्यूटी पारिदिने, सुत्केरी हुने दिन आएका वा सुत्केरी भएकालाई यथेष्ट विदा दिनेलगायतका अन्य शारीरिक समस्या हुँदा हामीले राम्रो व्यवस्था गर्ने गरेका छौँ ।” लक्ष्मीले भन्दै थिइन् । उनको यो कुरालाई हिरा, सुविन र धनिकलाले समर्थन गरी यसो भने, “हो, हामी म्याडमको छहारीमा राम्ररी फक्रिन पाएका छौँ । घरै बसेजस्तो हुन्छ ।”

लक्ष्मीले जस्तै उर्मीला, हिरा, धनिकला र सुविनले आफ्नो कामलाई कहिल्यै “गा¥हो”को रूपमा हेरेका छैनन् । “गा¥हो भन्दा पनि राष्ट्र सेवा, रोजगारीको रूपले हेरेका हुन्छा्रैँ । आम मानिसलाई सन्तुष्टि कसरी दिने भन्ने ध्याउन्न हुन्छ ।” यी नारी मनले एकैस्वरमा यस्तो भन्छ ।


ट्राफिकको काम गर्नेको स्वास्थ्य चाँडो खराब हुन्छ । यहाँ कुराकानी गरेका सबैले छालामा समस्या, ध्वनीप्रदुषणले कान कम सुन्ने समस्या, सास फेर्न गा¥हो हुने, पैताला पोल्ने, रुघा खोकी लाग्ने, ढाड दुख्ने, आँखा पोल्ने समस्या बढी हुने देखेका छन् । स्वास्थ्यलाई नै जोखिममा राखेर काम गरिरहका यस्ता हस्तीलाई सरकारले अलि बढी हेरचाह गरेको छैन ।

काठमाण्डौँको अस्तव्यस्तता यिनीहरूले भन्दा अरू कसले देखोस् ? यसलाई सुधार्ने केही उपायहरू यस्तो दिन्छन् यिनले :
जोडी–बिजोडी नंबरप्लेटको आधारमा सवारी चलाउने,
ओभरहेड ब्रिजहरू धेरैभन्दा धेरै बनाउने,
हल्का सवारी साधन गुड्ने फ्लाइओभर बनाउने,
महानगपालिका, सडक विभाग, प्रहरी र ट्राफिकले आफ्नो आफ्नो काम मात्रै खुरुखुरु गर्ने,
पैदलयात्री, साइकल, रिक्सा हिँड्ने छुट्टै बाटो र गाडीमोटर हिँड्ने छुट्टै बनाउने ।

महानगरीय ट्राफिक प्रहरी वृत्तका एसपी जगत मान श्रेष्ठसँग भएको जानकारीअनुसार नेपालभरि यस्ता महिला ट्राफिक प्रहरीको संख्या २०० को हाराहारीमा छ । “काठमाण्डुमा मात्रै गरी ९५ जति छन् कि ।” उहाँको अड्कल ।
सेवा गर्ने यी मनहरू माझीदाई जस्तै हुन्, कैयौँलाई नदीबाट सकुशल डुङ्गा तारिसकेर पनि आफू चाहिँ वारि नै रहिरहने !
-सिपी अर्याल

The Love in Nostalgia


(Published in Republica, 2011 April 22)

Orchid Books' launch Pahilo Premko Sansmaran is a collection of short stories, written by Dhruba Chandra Gautam. The book enshrines published stories written four decades ago, until the present in different papers and magazines, those that might have been out of print. Roshan Thapa 'Niarav' edited the copy. Readers will be able to compare Gautam's writings from the past decade to his present style.


Fifteen stories consist of multiple issues of youthful vigor of a guy to the inanimate life of a retired character. Different plots revolve around the story of childhood nostalgia, bureaucratic idiosyncrasy, societal pretensions, youthful spirit and the war melancholy. The events, even though seem realistic, due to the narrative style, few might loose focus while reading the story.

The importance of this book lies further. Most of the stories included are experimental in nature dealing with absurdist and existential issues. As most of the stories match the theme of Absurdism, the characters, somewhere, do nothing precious. And thus, their proceedings seem often unsolved and useless as well.

A reader's wish of reading, Gautam's story collection will not be available in the future. "It is my last collection of stories. My focus will now be on writing novels in the coming days." reveals Gautam.

Friday, April 15, 2011

बिम्ब बयान



CP Aryal.


हुन त पोखरेली कवि निष्प्रभ सजीको भर्खरै प्रकाशित कवितासंग्रह ‘इजलासमा लाहुरे फूल’ मा सरुभक्तले भूमिकामार्फत् ‘कविता छन्द वा छन्दहीनतामा, गद्य  वा पद्यमा, बौद्धिकता वा भावुकतामा, बिम्ब वा बिम्बहीनतामा हुँदैन । कविता कवितामा हुन्छ । कविता हुन कुनै आग्रह, पूर्वाग्रह र अज्ञानताको थाक्रो चाहिँदैन ’ भनेका छन् ।
तर बिम्ब फुलेको कविताको मीठास अर्कै हुन्छ । बिम्बसँग राम्ररी खेल्न सक्ने खुबि भएकाहरू राम्रा कविका रूपमा द¥हीन सक्छन् । निष्प्रभ सजी यो गुण भएका राम्रा युवा कविका रूपमा प्रस्तुत भएका हुन् उनको उच्च बिम्बात्मक कविता कृति ‘इजलासमा लाहुरे फूल’ मार्फत् । ‘भूपरिवेष्ठित खुट्टाहरू’ पछि प्रकाशित यिनै स्रस्टाको दोस्रो कविता कृति हो यो ।

सरल भाषा, ओजपूर्ण भावना अनि सही बिम्ब तथा प्रतिमा चयनकासाथ लेखिएका यो पुस्तकका कवितामा प्रेमिल तरंग, देशप्रेम, युद्धको विभिषिका, विदेशिनुको पिडाहरू विषयवस्तुका रूपमा आएका छन् । सबैभन्दा धेरै देशप्रेमका भावना छन् । कतै–कतै कवि आप्mनो मष्तिष्कको दासताहरूबाट मुक्त हुन आप्mनै कविताको मलामी पनि हिँडिरहेका छन् !