नमेटिएका कालोपाटीमा जस्तै सार्वजनिक शौचालयका भित्ताहरूमा मनपरि लेखीएका लेखनीलाई कसैले शौचालय साहित्यको दर्जा दिएका छन् भने कसैले वाइहात भनेर घृणा गर्ने गर्छन् ।
त्यसरी लेखिनु साहित्य हो वा मनोभाव पोख्ने ठाउँ मात्र ? यसलाई दुवै तरिकाले व्याख्या गर्न सकिन्छ । त्रिभुवन विश्वविद्यालय, मनोविज्ञान केन्द्रिय विभागका प्रमुख प्रा.डा शिशिर सुब्बाका अनुसार त्यस किसिमका लेखन(सबै होइन) मनपरि वा अश्लिल हुने हुनाले साहित्यको दर्जामा राख्न त सकिँदैन । तर ती लेखनीले कतै कतै निकै रचनात्मक ढंगमा सबैले जानेका कुरालाई अलि बेग्लै ढंगमा साहित्यिक बान्की दिएर लेखे त्यसलाई साहित्य त मान्न सकिन्छ । मानिसले यौनभाव जथाभावि जस्तोसुकै ठाउँमा लेख्न, बोल्न र प्रकट गर्न पाउँदैन । फलतः त्यस्ता मानिसको अतृप्त यौनभावना पोख्ने उपयुक्त ठाउँ शौचालय पनि बन्छ ।
धेरै जसो ठाउँका सार्वजनिक शौचालयहरूमा यस्ता लेखनीहरूले अश्लिलताको पराकाष्ठा नै नाघेका हुन्छन् भने केहीमा शिष्ट भाव हुन्छन् । ‘स्ववियु ! ट्वाइलेट सफा गर् !’ र ‘नेताहरू संविधान नबनाएर के हेरिबसेको ?’ भन्नु शिष्ट लेखनी हो । केही सेकेण्डलाई मात्र शौचालयमा छिर्दा पनि दुर्गन्धले आत्तिएका विद्यार्थीले त्रिवीको शौचालयमा यस्तो लेखिदिनु शौचालय सफा हुनुपर्ने उनीहरूको सामान्य मनोभाव मात्र नभै रिस पनि हो । दैनिक बोलिचालीका भन्दा भिन्दै भाव र शैलीमा लेखिएका यस्ता वाक्याशं पढ्दा आनन्द मान्नु पनि आप्mनो यौनभावलाई प्रस्फुटन दिनु पनि हो, अर्को पाटोमा ।
पुरुष नजरमा शौचालय साहित्य
हाम्रो जस्तो पूर्वीय सभ्यतामा महिलाभन्दा पुरुष नै यौनको मामलामा बढी खुला रहेका हुन्छन् । शौचालयमा हुने यस्ता लेखनीहरूमा महिला भन्दा पुरुषकै बढी कलम चल्छन् । त्रिवीमा समाजशास्त्रमा स्नातकोत्तर गर्दै गरेका शंकर मुल्मी पनि यो कुरा मान्न तयार थिए । उनको केन्द्रिय विभागको पुरुष शौचालयमा लेखनीको अश्लिलता छरपस्टै थियो । कतिले कुनै युवतीको नाम लेखि उनको फोन नं लेखिदिएको भेटियो । यस्तो गर्नु एकले अर्कोप्रति राख्ने रिसिबीको भावना हुन सक्ने मान्छन् शंकर । दबिएर रहेका यौन आकांक्षा सजिलैसगँ शौचालयका भित्तामा लेख्न पाउने हुदाँ आफुलाई निकै रमाइलो महशुस हुने कतिपय युवक विद्यार्थीको भनाई पनि छ ।
महिलाको नजरमा शौचालय साहित्य
अध्ययनहरूले पुरुषमा भन्दा महिलामा यौनभाव तिब्र हुने देखाए पनि महिलाहरू शौचालयमा अश्लिल कुरा लेख्न पुरुष भन्दा पछाडि नै छन् । उनीहरूमा यौनभाव तिब्र भएपनि त्यसलाई बाँधेर राख्न सक्ने क्षमता भएकाले महिला शौचालयमा यस्ता लेखनी कम रहेको पाइयो । नाम नबताउने सर्तमा ताहाचल क्याम्पसकी एउटी विद्यार्थी आप्mनो क्याम्पसको शौचालयको ढोकामा ‘स्ववियु ट्वाइलेट सफा गर् !’ सम्म लेखेको बताइन् । वास्तवमै विद्यार्थीको हितमा काम गर्ने निकायले त्यो दुर्गन्धको बारेमा पनि त सोच्नु पर्ने हो । उनले महिला शौचालयमा देखिने अन्य अश्लिल कुराहरू लेख्ने पुरुषहरू नै हुन सक्ने अड्कल पनि काटिन् । पुरुषको शौचालयमा कुनै युवतीको नाम ठेगाना र उनको फोन नं समेत उल्लेख गर्नेहरूप्रति यिनी विद्यार्थी निकै आक्रामक देखिन्थिन् । यसरी शौचालय लेखनी कतिलाई मनोरञ्नको साधन, रिसिबीको साटो फर्ने उपाय वनेको छ र कतिलाई समस्यको कारण पनि ।
प्रा. डा. सुब्बाको नजरमा महिलामा पनि अश्लिलताको चाख हुन्छ । समाजमा रोकतोक मानिएको परम्परा, संस्कारले पनि महिलामा बढी नियन्त्रण गरेको हुन्छ । अनि महिलाले आप्mनो यौन कुण्ठा केही हदसम्म पोख्ने ठाउँ शौचालय पनि बनेको हो । तर यसरी आप्mनो अतृप्तिलाई निकास दिने क्रममा महिलाहरू अलिक शंकोची भएकाले पनि महिलाका सार्वजनिक शौचलायमा अश्लिल लेखनीले भित्ता केही भएपनि कम रंगीएको हो ।
फ्रायडीयन मनोविज्ञान र शौचालय साहित्य
फ्रायडले मानिसमा दबिएर रहेको यौनभावलाई सपनाको माध्यम वा अनेकौँ तरिकाले परिपूर्ति गर्ने मान्छन् । उनले शौचालय मनोविज्ञानको कुनै व्याख्या नगरेको भएपनि, हामी तर्क गर्न सक्छौँ, मानिसले आप्mनो यौन चाहना पूरा गर्ने विविध उपायमध्ये शौचालयलाई रोज्ने गर्छन् ।
युवाहरूमा यौनप्रति भएको चाखको कारण पनि शौचालयहरूमा छ्याप्छ्याप्ती यस्ता लेखनी भेटिने गरेका हुन् । समाजले यौनलाई अलिक उदार दृष्टिले हेरेको खण्डमा मानिसमा यस्तो परिवृत्तिमा स्वतः कमि आउला भनी अड्कल काट्छन् मनोविज्ञानमा स्नातकोत्तर सकेका एक विद्यार्थी अर्जुन भुषाल ।
यस्ता लेखनीमा अल्लारे पुरुष र महिला भन्दा अधबैँशेको पनि उत्तिकै हात चल्छ । शौचालय नै यस्ता लेखनिको लागि रोजाइ बन्नको पनि कारण देखाउँछन् प्रा.डा. सुब्बा । उनी भन्छ्न, ‘हामीले एउटा कागजको टुक्रामा जथाभावी लेखेर फाल्यौँ भने त्यो टुक्रो कसैले हेर्ने कुरा भएन, त्यसैले शौचालयमा लेखिदिए सार्वजनिक बन्छ तर कुनै पहिचान बिनाका – जसले लेख्ने मानिसको अतृप्त यौन चाहनालाई स्पष्ट रूपमै सबैले देख्ने गरि पोखिदिन्छ ।’
सरकारी कलेज वा विश्वविद्यालयको शौचालयको तुलनामा निजी कलेजका शौचालयमा कम केरमेट पाईयो । यसो हुनुमा सरकारी क्याम्पसमा हुने छाडा प्रवृत्ति हो । निजी कलेजमा भएका केहि कडा नियमहरूको कारण त्यहाँको शौचालयको भित्ता सफा भएको हुन सक्छ । विद्यार्थीलाई वढी निरिक्षणमा राखेका निजी कलेजका शिक्षकहरुले विद्यार्थीका हस्तलेखन छुट्याउन सक्छन भन्ने उनीहरूमा डर भएर पनि निजी कलेजका शौचालको भित्ता अलिक सफा देखिएका । तर यति हुँदा पनि यि भित्ताहरू खाली भने छैनन् । तर सरकारी कलेजमा भएका सफा अनि टायलले छाएका शौचालय पनि तुलनात्मक रूपमा सफा पनि देखिए ।
नेपालमा शौचालय साहित्यको सुरुवात कहिले देखि भयो भन्ने यकिन मिति नभए पनि सार्वजनिक शौचालयको सुरुवातसँगै भित्तामा अश्लिल शब्दहरु लेख्ने गरिएको प्रा.डा. शुब्बा बताउनुहुन्छ । शौचालयमा शिष्ट लेखनी त एकदमै कम नै देखियो । यस्ता सार्वजनिक ठाउँका अश्लिल लेखनीले मानिसको नांगोपनको पराकाष्ठालाई पनि देखाउँछ । यसले कसैलाई प्रत्यक्ष फाइदा नपु¥याए पनि यो मनोरञ्जनको एउटा साधन वा अतृप्त इच्छा पोख्ने उपाय बनेको कुरामा त विवाद नै छैन । तर कसैको मनोरञ्जनको साधन बनेको यसले कसैको चरित्रमाथि नै प्रश्न चिह्न पनि खडा गरेको छ । अनावश्यक रूपमा लेखिने विभिन्न पुरुष वा महिलाको नाम र सम्पर्क नम्बरले व्यक्तिको चरित्र हत्याको अनावश्यक झण्झट निम्त्याउने गरेको हो ।
यसप्रकार शौचालय साहित्य समाधान हुन गा¥हो हुने समस्याको भारी पनि हो भने कसैलाई आनन्दको पोखरी !
(तस्विर: धिरन शर्मा)
by-CP Aryal/Dhiran Sharma
Originally published in Gorkhapatra, 2067 Bhadra 11.