Showing posts with label Reviews. Show all posts
Showing posts with label Reviews. Show all posts

Sunday, July 27, 2014

विम्बको क्षेप्यास्त्र

सिपी अर्याल (CP Aryal) 

यो,
समयको लिंग
जतिचोटी स्खलित भए पनि
उत्तेजितको उत्तेजित रहन्छ (घण्टाघर)

धुँवाको पनि कस्तो धागो होला ? मनमनै प्रश्न जन्मिएको थियो, माथि उल्लेखित कविता भएको पुस्तक ‘धुँवाको धागो’ देख्दा । उत्सुकतासाथ पाना पल्टाउँदै जाँदा ३८ औँ पेजमा टक्क रोकिएँ । देखियो घण्टाघर शिर्षकको चार लाइनको कविता । यो एउटै कविता पढिसकेपछि मष्तिष्क भारी भएझैँ लाग्यो । कविताले मेरो मष्तिष्कमा प्रहार गरेको क्षेप्यास्त्रले भारी बनाएको थियो आफैलाई ! कविताको शक्ति यहिँनिर हुन्छ । प्रयोग हुने विम्बको क्षेप्यास्त्रले सिधै मष्तिष्कमा प्रहार गरेका कविता वास्तवमै शक्तिशाली हुन्छन् । पूरै कविता पढिसक्दा धुवाँको धागोको किरिङमिरिङ स्केच आँखा अगाडि आइसकेको थियो ।

मेडिकल डाक्टर हुनुको यथार्थ र गजलकार हुनुको लेखकीय स्केचबाट कविताको संसारमा पहिलोपल्ट हाम फालेका कवि निरज भट्टराईको यो संग्रह समग्रमा राम्रो छ । कविता जस्तो संवेदनशील विधामा जोशीला प्रतिभाशाली कविहरूको समूहमा निरजको प्रवेश उज्यालो देखिन्छ ।

किताबमा समेटिएका ४५ थान कविता सबै उत्कृष्ट छैनन् । सबै औषत पनि छैनन् । केही उत्कृष्ट छन् । केही औषत छन् । केही कविताचाहिँ कविता हुन खोज्दा खोज्दै कविता हुन सकेका छैनन् । ‘अकविता’ भएका छन् ।

बेग्लाबेग्लै सारमा लेखिएका छन् कविता । हजुरबा÷हजुरआमासँग बिताएको बाल्यकालको नोष्टाल्जियादेखि, एक्लो प्रेमीको गुनगुन, परदेशीको पिडा, आदि कुराहरू अटेका छन् । हरेकजसो कवितामा कविको फरक फरक अस्तित्व छ । एउटै कवितामा उनले टुटेको प्रेम, गरीबी र राष्ट्रियताको भाव समेट्न सकेका छन् । कहिले कवि उहिल्यैदेखि राखिएको शालिकको÷दाँतमा किरा लागेको देख्न भ्याउँछन् त कहिले भुरुङ खेलिरहेको बच्चाहरूलाई ईश्वर र भुरुङलाई मानिसको उपमा दिँदै भन्छन् 

ईश्वरलाई पनि भुरुङ खेल्न औधी मनपर्छ
ऊ नालले बेरेर फुत्त फालिदिन्छ मान्छेलाई दुनियाँमा
र ताली बजाई रहन्छ मान्छेको नाचमा...

कविताको कुनै पात्रको अनौठो शोख छ । ऊ आकाशतर्फ हेर्दै मुखमा फुत्तफुत्त बदामको गेडा हुल्न प्रयासरत देखिन्छ । ऊ शत्प्रतशित सफल हुँदैन त्यसमा । बदामका केही गेडा मुखभित्र पस्छन् त केही जमिनमा खसेर बिलाउँछन् । जिन्दगीका शोख र पूरा गर्न न÷सकिएका कथालाई विम्बात्मक रूपमा मज्जाले उधिन्न सकेको छ यो कविताले । हरेक कुरालाई फरक दृष्टिले हेर्दै पट्यारलाग्दो दैनिकीलाई पनि आनन्दित बनाउने सुझाव जवाफ कविताले दिन्छ 

सधैँ सधैँ व्यस्त रहने
चिया पसलको गिलासलाई सोधेँ
‘यार तिमीलाई दूध, चियापत्ती र चिनीको
स्वादले वाक्क लाग्दैन ?’
फिस्स हाँसेर उसले भन्यो–
‘सर, हरेक ओठको स्वाद फरक हुन्छ ।’

कवितामा झाँक्रिको कथा पनि छ जसले भाउँतो–भाउँतो किसिमका रोग निको पार्ने ठेक्का लिएर बसेको छ । तर, अन्तिममा उसैलाई पखालाले डस्छ । यस कवितामा अन्धविश्वास र विज्ञानको विम्ब प्रयोग गरिएको छ ।


Thursday, April 17, 2014

कर्नालीको कथा

-सिपी अर्याल (CP Aryal)

माओवादी विद्रोहले के के कुरा दिएर गयो? के के कुरा नदिएरै गयो? कतिको सपना तुइन चुँडिएर झ्वाम्म कर्नालीमा बगेझैँ सुलुलु बगाएर लग्यो? अनि, कतिको विपना पूरा गर्‍यो? यसको यकिन लेखाजोखा सायद कोहीसँग छैन। द्वन्द्वको घाउ र त्यसले निम्त्याएको पीडाको लेखाजोखा भने भइरहेकै छ, साहित्यमार्फत। त्यही द्वन्द्वको सेरोफेरोमा बुनिएको कथा हो, तुइन।

सशस्त्र युद्धको दुःख र मालतीसँगको प्रेमको सुखबीच हुर्किरहेको भूमिराजको कथा छ, तुइनमा। आफू बाँचेका सम्पूर्ण परदिृश्यलाई उत्कृष्ट ढंग र इमानसाथ बयान गर्दै भूमिराजले युद्धग्रस्त र भोको जुम्लाको गीत गाइरहन्छ। ऊ एउटा दुःखी पात्र हो। दुःखहरूबाट ओझेलिन ऊ निरन्तर यात्रा गररिहन्छ, बन्दुकबाट जोगिन यायावरझैँ कताकता घुमिरहन्छ। यद्यपि, उसले बाँचेको जीवन सधैँसधैँ 'आइरोनिक' साबित हुन्छ। ऊ दुःख, पीडा, भोक र बन्दुकको छायाँबाट टाढिन निरन्तर हिँडिरहन्छ तर तिनै कुराले उसलाई पछ्याइरहन्छन्। भन्छ, 'म जुन अँध्यारो चिर्न हिँडेको थिएँ, आज त्यही अँध्यारोले मलाई चिरेको छ, चिराचिरा पारेर। कर्नालीमाथिको आकाशमा बारुदको बादल लागेर आँसु र रगतको झरी पार्न थालेपछि भागेको थिएँ, भाउजूलाई एक्लाएर।'


कुनै पनि पात्रले सजिलो मृत्यु मर्न पाएका छैनन्। न त जिउन नै पाएका छन्। भूमिराजकी भाउजू, आमा, बा, दिदी र केही साथीहरू सबै सबै जुम्ली हुनुको सकसमा छन्। कर्नाली नदीमाथि झुन्डिएको तुइनले जुम्लीको सपना र विपना हाडखोर नभेटिने गरी सर्लक्कै बगाएर लैजान्छ। तुइन भनेको त सेतु हो, जसले सम्बन्धहरूलाई, किनारहरूलाई जोड्ने मात्र काम जानेको हुन्छ। तर, कर्नालीको तुइनले त्यही एउटा काम कहिल्यै गर्न जान्दैन। सम्बन्धहरूलाई, दुःखी मानिसहरूले देखेको सपनालाई चुँडाउँछ मात्रै। जोड्दै जोड्दैन। लाग्छ, कर्नालीको तुइन एउटा भोको अजिंगर हो !

उपन्यासको वर्णनात्मक भाषा सशक्त छ। यद्यपि, पात्रहरूबीच जुम्ली भाषिकामार्फत हुने संवाद सबैतिर सजिलै बुझ्न सकिने खालका छैनन्। पुस्तकमा प्रयुक्त जुम्ली भाषिकाका केही शब्दका अर्थ अन्तिम पृष्ठमा खुलाइएका छन् तर ती पर्याप्त छैनन्। अझ धेरै शब्दावलीहरू खुलाइएको हुनुपथ्र्यो। त्यसले संवादको अर्थ थाहा पाउन सजिलो बनाउँथ्यो। जनताको सेवामा जुम्लामा खटिएका कर्मचारीहरूको बदमासी पढ्दा पाठकहरू धुरुक्कै हुन्छन्।

Sunday, December 29, 2013

राजनीतिक लेखजस्तो

-सिपी अर्याल (CP Aryal)

नेपाली वामपन्थी आन्दोलनको विसर्जन कहिले भयो वा भएकै छैन? एक वा अर्को रूप धारण गरेर उही नेमप्लेटसहित अनेक हिसाबले घस्रिरहेको छ कि? यी प्रश्नका सपाट जवाफ दिन पक्कै सजिलो नहोला। सूर्यसामु बिहानको जल अर्पण गरेझैँ आफ्नो भरभराउँदो उमेरमा सबैथोक त्यागेर निष्ठा अनुकूलको कम्युनिस्ट व्यवस्था ल्याउन कम्मर कसेको एउटा युवा कालान्तरमा पछुतो गर्छ, आफ्नो त्यही राजनीतिक निष्ठाप्रति। स्वप्नधारी त्यही असन्तुष्टलाई वामपन्थ विसर्जनबारे प्रश्न सोधे उसले पक्कै पनि कड्केरै उत्तर दिन्छ, 'हो कम्युनिस्ट आन्दोलन विसर्जन भएकै हो। यो पथभ्रष्ट भइसक्यो।' उसका कड्काइमा जरुर दम छ। कस्तो दम छ, यसको उत्तर झलक सुवेदीको पहिलो उपन्यास आधा जूनले दिन्छ।

विद्यालय पढ्दा नै गाउँको आन्तरिक अवस्थाका कारण अर्धचेतनबाट कम्युनिस्ट हुन गएको पोखरेली केटो पछि आएर राजनीतिमा सक्रिय हुँदै देश सपार्ने अनेक सपना देख्न थाल्छ। तर, आन्दोलन सफल हुँदा नहुँदै पार्टीको विचलनले ऊलगायत थुप्रै निष्ठावान् कार्यकर्ता असन्तुष्ट हुन थाल्छन्। केही पलायन पनि हुन्छन्। केही विचलनसँगै अवसरवादको सिकार भएरै पनि पार्टीमा आफ्नो अस्तित्व कायम राख्छन्। ऊर्जाशील समयमा पार्टीलाई आफूले गरेको योगदानको समीक्षा जिन्दगीको पूवार्द्धमा गररिहन्छन्, एकअर्कासँग। चाहे त्यो आफ्नै विम्ब नै किन नहोस्। पुस्तक पढिरहँदा धेरै ठाउँमा विम्बको आलो सम्झना आउँछ, '३० को दशकमा पृथ्वीनारायण क्याम्पसअगाडि बसेर क्रान्तिकारी चेतसहित प्रहरीलाई ढुंगा हान्न कस्सिएका गाउँले ठिटाठिटीको। गाउँका जिम्माल र हुनेखानेहरूको थिचोमिचो, दलितमाथि भएका दुव्र्यवहार र पीडाका अनेक पाटा देखेको सञ्जय त्यही पिसिएको वर्गको प्रतिनिधि हो।

देशमा परविर्तनको बाहिरी आवरण मात्र कसरी बदलिएको छ र त्यसको स्वाद पिँधमा रहेको वर्गले कहिल्यै लिन नपाएको उपन्यासमा देखाइएको छ। त्यस वर्गमा निष्ठावान् राजनीतिक कार्यकर्तादेखि गाउँका अशिक्षित र दलित, केटाकेटी, वृद्धवृद्धा सबै पर्छन्। पञ्चायत ढाल्न सशक्त प्रतिकार गरेका जनता प्रजातन्त्र स्थापनापछि पनि उसै गरी ठगिएका छन्।






'कम्युनिज्म'का कुरा अधिक छन् उपन्यासमा। त्यसका गहिरा दर्शन पढेर झ्याउ लाग्दा पाठकले क्षतिपूर्तिर् स्वरूप रमाइला संवादहरू प्रशस्तै भेट्छन्। जस्तै :


मैले नचिनेकी एउटी तरुनी स्कुलनिरको गल्छेडोमा भेट भई। मैले उसलाई एकछिन हेरेँ र सोधेँ, 'घर काँ हो नानी?'

'खामो गाटेको ठाममा क्या!'

'आब खामो गाट्नु मो जानु पाइन होई, काँनिर गाटेको होला?'


'भरे रोतिमा आउन मास्टार मो देखाइदेला खामो गाट्ने ठाम!'


भनी र खितिति हाँस्दै वनतिर झरी।

Sunday, September 29, 2013

मधेसको मध्यम विश्लेषण


-सिपी अर्याल (CP Aryal)

ठूलो रूखमुनि उम्रिएको बिरुवा नसप्रिएजस्तै देशको अर्थतन्त्रको कुल हिस्सामा बढीभन्दा बढी योगदान दिँदै आएको भए पनि तराई-मधेस आफू सप्रिन सकेन। दोस्रो जनआन्दोलन सकिएपछि लागू भएको अन्तरिम संविधानले पनि मधेसको चित्त बुझाउन सकेन। तर, अहिले राष्ट्रिय राजनीतिमा मधेस महत्त्वपूर्ण तुरुप बन्न पुगेको छ। अर्थात्, छोटो समयमै मधेसको मूलधारीकरण भयो। तर, यसको पृष्ठभूमिचाहिँ दशकौँदेखि तयार भइरहेको थियो। मधेसको सफलताअघि र पछिका पक्षमाथि अनेक विचार पोखिए, प्रशस्त किताब लेखिए। कतिपय विचार निश्चित पक्षसँग गाँसिएर लेखिए, कतिपयचाहिँ इमानदार भएर।

मधेसको त्यस्तै इमानदारीपूर्ण बयानसहित लेखिएको पुस्तक हो, इग्नोर्ड अर इल-रिप्रेजेन्टेड ? द ग्रेभिएन्स अफ तराई-मधेस कन्फि्लक्ट इन नेपाल। पक्षपातविहीन विश्लेषणसहितको यस वैज्ञानिक लेखन (साइन्टिफिक राइटिङ्)लाई द्वन्द्व विश्लेषक विष्णुराज उप्रेती र युवा अनुसन्धाता सुमनबाबु पौडेल र सफल घिमिरेले संयुक्त आकार दिएका हुन्। मधेसको शाब्दिक अर्थ, रोजाइमाथिको बहस, मधेसी जनतामाथि भएको बहिष्करणको ऐतिहासिक सन्दर्भ, द्वन्द्वको सुरुआत र त्यो लम्बिनुका कारण र त्यसका असर हुँदै मधेसका सवालमाथि राष्ट्रिय/अन्तर्राष्ट्रिय चासो एवं चलखेलको विश्लेषणसहितको यो पुस्तक व्यवस्थित लाग्छ।

कृषि र उद्योगमार्फत देशलाई उकासिरहेको मधेस आफूचाहिँ जहिल्यै पिँधमा रह्यो। माओवादी द्वन्द्वका बेलामा समेत यो शान्त थियो। तर, शान्ति सम्झौतापछि एकाएक जुर्मुरायो, हजार वर्षको निद्रापछि ब्यूँझिएझैँ। लगत्तै, दशकौँदेखि आफू चेपुवामा पर्नुका सवाल- नागरकिता, निर्वाचनमा समान प्रतिनिधित्व र शक्ति एवं स्रोतको सरोबर बाँडफाँटको मुद्दा उठाउँदै मधेस जुर्मुरायो। 'मधेस' शब्दावलीप्रति थारू जातिको आपत्ति र 'तराई' शब्दप्रति मधेसी समुदायको असहमतिपछि राजनीतिक दलले मध्यम बाटो रोज्दै त्यस क्षेत्रलाई 'तराई-मधेस' भने। यसरी नामको विवाद केही मत्थर भए पनि मधेसी र थारूबीच तराई-मधेसका आदिवासी को भन्ने विवादबारे पुस्तकमा राम्रै विश्लेषण छ। मधेसी र थारू जातिको चेपुवामा मुसलमान कसरी परे, त्यसमाथि पनि विद्वान्हरूको मत रोचक तरिकाका साथ प्रस्तुत छ ।

युगौँदेखि मधेस चेपुवामा पर्नुको कारण खोतल्ने क्रममा लेखकहरूको राय छ, यो क्षेत्र पृथ्वीनारायण शाहकै पालादेखि बहिष्करणमा परेको थियो। उनले राष्ट्रिय एकीकरणका प्रयास थालेपछि नेपाली भाषा र संस्कृतिलाई मात्र ग्राह्यता दिइयो। भाषिक र सांस्कृतिक रूपमा देशलाई समरूपी बनाउने उद्देश्यमै खोट थियो, जसले मधेसीलगायत अन्य जातिमाथि विभेदपूर्ण व्यवहार गर्‍यो। मधेसका जनता अर्ध-भारतीय र दोस्रो दर्जाका नागरकि ठानिए। उनीहरूलाई नागरकिता दिन राज्य हिचकिचाउनु उनीहरूको सबैभन्दा ठूलो चित्त दुखाइ थियो। त्यसको पीडा दोस्रो जनआन्दोलनपछि मात्र विस्फोट हुन सक्यो।


सन् १९८३ मा गहन बसाइँसराइको अध्ययनपछि जनसंख्याविद् हर्क गुरुङ नेतृत्वको टोलीले सीमा व्यवस्थापन गर्न, भारतबाट नेपाल आउने कामदारलाई भन्दा नेपालकै मानिसलाई रोजगारी र स्रोत उपयोगको लागि प्राथमिकता दिन र नागरकिताको प्रश्नमा सरकारलाई 'हाई अलर्ट'मा रहन सुझाव दिएको थियो। तर, सरकारलाई दिइएको सुझाव कार्यान्वयन भएन। गुरुङले उतिबेलै सुझाएका थिए, सीमाको कडा निगरानी र व्यवस्थापन भए मधेसका थुप्रै समस्या समाधान हुन सक्छन्।

अन्तरमि संविधान जलाइएपछि लहान घटना तथा नेपालगन्जमा भएको जातीय द्वन्द्व मधेसको मुद्दामा भूसको आगो भइसकेका थिए। माओवादीले रोपिदिएको जातीयताको आगो मधेसमा बेस्सरी फैलियो। अनि, त्यसले उग्र रूप लियो। मधेस आन्दोलनले अब राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्तिको ध्यान तानेपछि तिनले चलखेलको मौका पनि पाए। मधेस आन्दोलन बढ्नुका कारणमध्ये नेपालगन्ज हिंसालाई पुस्तकमा प्रमुख मानिएको छ। नेपालगन्ज हिंसाले मधेसी समुदाय र पहाडी मूलका समुदायबीच भएको जातीय भड्कावलाई जनाउँछ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको असमर्थता र पुष्पकमल दाहाल 'प्रचण्ड'जस्ता जिम्मेवार नेताको भड्कावपूर्ण भाषण पनि मधेस आन्दोलन उकास्ने कारण बन्यो।


देशको अरू संरचनामा जस्तै मधेसको संरचनामा पनि व्यापक फेरबदल ल्याउने र विद्रोह जगाउने श्रेय/दोष तत्कालीन नेकपा माओवादीलाई दिन लेखकहरू चुकेका छैनन्। संघीयता, निर्वाचन प्रणाली, नागरकिताजस्ता गम्भीर विषयप्रति बुझाइ अभावले पनि द्वन्द्व लम्बिएको थियो। मधेसवादी नेताले त्यसबारे जनतालाई राम्ररी बुझाउन सकेका भए मधेसले साम्प्रदायिक द्वन्द्व नभोगेरै परविर्तन आत्मसात् गर्न सक्ने जिकिर लेखकहरूको छ। मधेसमा भएको परविर्तनले समग्र देशकै सुरक्षा व्यवस्थामा पनि परविर्तन गर्‍यो। युवा विभिन्न आपराधिक समूहमा लागे, खुला सीमाका कारण घातक हतियारको चलखेल बढ्यो र हतियार कारोबारमा छिमेकी मुलुकको संलग्नताले समस्या अझ जटिल बन्यो। यी र यस्ता सुरुचिपूर्ण विश्लेषण छन् पुस्तकमा।

विचार दोहोरिनु, कतिपय ठाउँमा खुलेर सुझाव दिन लेखकहरू अनकनाउनु पुस्तकका सामान्य कमजोरी हुन्। पोख्त अनुसन्धाताले देशको गम्भीर सवालमाथि प्रस्ट सुझाव दिन सक्नुपर्छ। पुस्तकको अंग्रेजी भाषा पनि उति खिरिलो, सुललित र प्राकृतिक लाग्दैन। कुशल सम्पादकको अभाव खड्किएको त्यसले बताउँछ। समग्रमा पुस्तकका सूचना र विश्लेषण औसत छन्। मधेसबारे गहिरो अनुसन्धान गर्न चाहनेलाई पुस्तक धेरै उपयोगी नभए पनि यसबारे सामान्य जान्ने र वैज्ञानिक लेखको खोजीमा रहेकाका लागि पुस्तक अवश्य उपयोगी हुन सक्छ।

इग्नोर्ड अर इल-रिप्रेजेन्टेड ? द ग्रेभिएन्स अफ तराई-मधेस कन्फि्लक्ट इन नेपाल
लेखक   :    विष्णुराज उप्रेती, सुमनबाबु पौडेल, सफल घिमिरे
प्रकाशक   :    अड्रोइट पब्लिसर्स, नयाँदिल्ली 
पृष्ठ   :    १६८
मूल्य   :    ५५० भारु

(नेपाल साप्ताहिकमा प्रकाशित, लिंक यहाँ)

Sunday, September 22, 2013

पुँजीवादी प्रेमको व्यङ्ग्यात्मक व्याख्या

(नेपाल साप्ताहिकबाट)

नेपालगन्जजस्ता तराई भेगका कथालाई चपक्कै समाएर साहित्ययिक रङरोगन गर्ने नयनराज पाण्डे पछिल्लो समय  ‘घामकिरी’ सँगै उड्दै छन् । लेखक पाण्डे आफ्ना अघिल्ला केही कृतिमा खोट लाउन नमिल्ने गरी सफल दरिए । विश्वब्यापीकरण, पुँजीवाद र उपभोक्तवादमाझ झाँगिएको प्रेमको व्यङ्ग्यात्मक व्याख्या गर्ने उनको पछिल्लो उपन्यास कृति ‘घामकिरी’ लाई पाठकले औषत मान्नेछन्, ‘उलार’ र ‘लू’ सँग तुलना गर्ने हो भने । स्वैरकल्पनाको उच्चतम प्रयोग, पुँजीवादी समाजमा हुर्किएको प्रेममाथि निकृष्ट व्यङ्ग्य, भुलभुलैयायुक्त तथ्य र कथ्यको प्रयोगले उपन्यासलाई चाखलाग्दो चाहिँ बनाएका छन् ।

उपन्यासको नायक चौध/पन्ध्र वर्षे ठिटो राजु (नयन) हो । कथामा उसको मष्तिष्कको मज्जाले चिरफार गरिएको छ । सन् १९८० तिरकी बलिउड स्टार पद्मिनी कोल्हापुरेसँगको उसको ‘स्वैरकाल्पनिक प्रेम’ ले उसलाई गतिलो पाठ सिकाउँछ । कल्पनामा डुबेको राजुको दिमागमा पद्मिनीले मज्जाले डेरा जमाएर बस्छे । राजु उसँगको आसक्तिमा लीन हुन्छ । अनि ऊ बाँधिन्छ घामकिरी झैँ धागोमा । र अनुभव गर्छ इन्द्रधनुषी आकाशमा निष्फिक्री उडेको ! त्यही आशक्तिले उसलाई बम्बैसम्मको कष्टकर यात्राको लागि वाध्य बनाउँछ । राजुको बम्बै यात्रासँगै उपन्यास तीब्र गतिमा गुड्न थाल्छ्, त्यहाँको मेट्रो ट्रेनकै गतिमा । ठूलो महत्वाकांक्षासाथ ऊ बम्बै प्रस्थान गर्छ । यात्रामा ठूला कठिनाई झेल्छ । ट्रेन स्टेसनमा नमज्जाको दुख्खसँगै उसको बम्बै सपना तुहिन थाल्छ । क्याथरिन बूको ‘बिहाइन्ड दि ब्युटिफुल फरएभर’ उपन्यास लगायत थुप्रै हिन्दी सिनेमाको झल्को दिने गरी पुस्तकमा बम्बैको झुपडपट्टीको दर्दनाक कथा भनिएको छ । बम्बैमा सुपरस्टार बन्ने लक्ष्यसहित ट्रेनलाई सपनाको भारी बोकाएर पसेको राजु एक प्रतिनिधि पात्र हो । सुपरस्टार बन्ने उद्देश्यसहित बम्बै पसेका लाखौँ युवाको वास्तविक प्रतिनिधि बन्न राजु सक्षम छ । उसले त्यहाँ भेटेका पात्रहरू राजीव, टिङ्कु, थापा, शिवनाथ, रञ्जिता, चम्पक आदि पनि दुखीयाहरू हुन् । प्रत्येकको आँखामा सपना तैरिरहेको हुन्छ । प्रत्येक पात्रहरू एउटा चमत्कारिक चिठ्ठाको पर्खाइमा हुन्छन् । तर उनीहरूलाई थाहा हुँदैन चिठ्ठाको अधकट्टी अरूकै हातमा हुन्छ । उनीहरू सबै एउटा अनौठो भ्रममा आफ्नो जिजिविशा बाँचेका छन् जसको चङ्गुलबाट निस्कन उनीहरूले मृत्यु नै कुर्नुपर्ने हुन्छ !

उपन्यासमा गाँसिएका उपकथाहरूले मूलकथालाई ओझेलमा पारेका छन् । पद्मिनी र राजुको प्रेम उपन्यासको मूलकथा भएपनि बीच खण्डतिर जाँदा लेखकले त्यही मूलकथाको जरो समातेर अघि बढ्न सकेका छैनन् । धेरै ठाउँमा चिप्लिएका छन् ।

Monday, July 22, 2013

पात्रहरूको पाण्डुचित्र

-सिपी अर्याल (CP Aryal)

देउतामा विश्वास गर्ने हो भने यस जगत्‌का रचयिता देउता नै हुन्। अरूले यस्तो सुन्दर र त्रुटिरहित सृष्टि गर्नै सक्दैनन्, मानिसहरू त्यही भन्छन्। तर, लेखकहरू पनि अर्का देउता हुन्। सृष्टिकर्ता ब्रह्मा, जसले एउटा फरक ब्रह्माण्ड रचना गर्न सकेको विश्वास गरिन्छ। आफ्नो नयाँ कृति एन्ड द माउन्टेन्स इकोडमार्फत खालिद हुसैनी पनि नयाँ सृष्टिकर्ता साबित भएका छन्। यस कृतिमार्फत हुसैनीले गजब र सुन्दर सृष्टिको परकिल्पना गर्दै त्यसै अनुसार एउटा ब्रह्माण्डको रचना गरेका छन्। आफ्ना अघिल्ला दुई कृति द काइट रनर र अ थाउजेन्ड स्प्लेन्डिड सन्सपछि आफ्नो तेस्रो कृतिमा पनि उत्तिकै सफल छन् उनी, केही गुनासाका बाबजुद।

उपन्यासको प्रमुख कथा दाजुबहिनीको प्रेम हो। यो उनीहरूको मिलन-विछोडको आख्यान पनि हो। शदबाघ नामक अफगानिस्ताको काल्पनिक ठाउँको गरबि परविारबाट सुरु हुने कथा पृथ्वीको मस्त चक्कर लगाउँदै सकिन्छ। तर, त्यस काल्पनिक ठाउँको बेलीविस्तार र प्रस्तुतिमा वास्तविकताको मन्द गन्ध पनि आउँछ। आकर्षक कथावाचनका साथ सुरु भएको यस उपन्यासको राजमार्गमा गुडिरहँदा बीचबीचमा झल्याकझुलुक देखिने, छुट्टनिे र रुवाउने सबै उपकथाहरूमा बरोबर दमचाहिँ छैनन्। एउटा रोमाञ्चक आख्यानका सम्पूर्ण गुण भने छन्। लेखकले एउटा ठूलो क्यानभासमा पात्रहरूको रंगीन र श्यामश्वेत पाण्डुचित्र कोरेका छन्। त्यसमा पात्रले बोल्ने भाषा, लगाउने र खाने शैलीको स्पष्ट ध्वनि पनि प्रवाहित छ। तर, उपन्यास कहीँ बोझिलो लाग्छ र कहीँकतै अस्पष्ट पनि।

जिन्दगीको कुनै मोडमा पनि छुट्टिने कल्पनै नगरेका कलिला दाजुबहिनी चरम गरीबीका कारण अन्ततः छुट्टिनुपर्छ। छोरीको भविष्य उज्ज्वल होस्, उसले गरीबीको सामना गर्न नपरोस् भन्ने उद्देश्यका साथ सबुरले परी नामकी प्रिय छोरीलाई काबुलको सम्पन्न वाहदाती परिवारमा सुम्पन्छन्। त्यसपछि कथाको हुस्सु बाक्लिँदै जान्छ। छुट्टिएकी परी कहाँ जाली, के खाली, कस्तो जीवन बाँच्ली, अब्दुल्लाह र परीको भेट होला वा नहोला भन्ने उत्सुकताका साथ पाठकलाई हरप्रहर उपन्यासले उकुसमुकस पाररिहन्छ। त्यसबीचमा देखिने पात्रहरू, घटना र त्यसको अलौकिक वर्णनले कथाको लयलाई पक्रिरहन्छन्। अन्ततः साठी वर्षपछि दाजुबहिनीको भेट हुन्छ। अब्दुल्लाह र परीको भेट हुँदा पाठक पनि आनन्द र रोमाञ्चले विभोर हुन्छन्। सबथोक लगभग बिर्सिसकेकी बहिनी दाजुलाई देख्दा भक्कानिन्छिन्। भन्छिन्, "एउटा बिरामीले आफूलाई दुखेको ठाउँ कहाँनिर हो, ठ्याक्कै बताउन नसकेझैँ मेरो पीडा तिमीलाई बताउन सक्दिनँ।"

उपन्यासभरि नै आउने अन्य उपकथाहरू दाजुबहिनीको यो प्रमुख कथाको अगाडि फितला लाग्छन्। ६० वर्षपछि परी र अब्दुल्लाहको भेट भएको क्षणलाई लेखकले अझ सानदार तरकिाले प्रस्तुत भने गर्न सक्थे। खास गरी परीसँग भेट भइसकेपछिका घटना उनकै मुखबाट वा अब्दुल्लाहमार्फत वाचन गराउन सकेका भए, त्यो अझ सशक्त हुन सक्थ्यो।


Sunday, June 30, 2013

समृद्ध तर कमजोर भारत ?

सिपी अर्याल (CP Aryal)

भारतमा नियमित र निष्पक्ष निर्वाचन हुन्छ, समावेशी राजनीतिक व्यवस्था र उदाउँदो अर्थतन्त्र छ, गरिबीको खाडलबाट जनजीवन धमाधम मध्यमवर्गमा रूपान्तरित हुँदै छ । तरपनि गुरुचरण दासको सोंचमा भारत दिनानुदिन असफल राष्ट्र बन्दैछ ।  यो भारतीय प्रजातन्त्रको पहेली पनि हो ।  आफ्नो पुस्तक ‘अ लिबरल केस फर अ स्ट्रङ स्टेटः इन्डिया ग्रोज एट नाइट’ मा दासले भारतलाई असफल राष्ट्र बन्नबाट जोगाउने मन्त्रहरू दिएका छन् । कमजोर राज्य संयन्त्र भएपनि भारत विश्वशक्ति बन्ने होडमा किन दगुरिरहेको छ ? तीब्र प्रगतिबाबजुद मध्यमवर्ग किन असन्तुष्ट छन् ? चीन र अमेरिकालाई टक्कर दिन भारत कहिले सफल हुन्छ ? यस्ता प्रश्नका सहज तर दर्शनमिश्रित उत्तर छन् पुस्तकमा । त्यहाँको प्रशासन, प्रहरी र न्यायमा सुधार आए मुलुक बलियो विश्वशक्ति बन्ने जिकिर गदै दासले यी तिनै पक्ष एकअर्काका परस्पर विरोधी भएकोले नै भारत कमजोर हुँदै गएको हो भन्छन् ।
Gurucharan Das_book review_CP Aryal
आधुनिकीकरण र विकासको प्राचिन सिद्धान्तअनुसार राजनीतिक, आर्थिक र सामाजिक विकास सँगसँगै भएमात्र राष्ट्र सफल बन्न सक्छ । भारत स्वतन्त्र भएर नेहरुको नेतृत्व पायो । उनले अँगालेको समाजवादी धारले भारतको आर्थिक विकासलाई द्रुत बनाउन चाहिँ सकेन । राजनीति अघि बढ्यो तर अर्थतन्त्र जहिँको त्यहीँ । यही थियो समस्याको जड, दास भन्छन् । फेरि, इन्दिरा गान्धीको कालमा उनको राजनीतिक महत्वाकांक्षाको कारण भारत नराम्रो गरी पिल्सिएर कमजोर बन्यो । त्यसैले स्वतन्त्रतापछिको भारतले एउटा ‘मोहनदास गान्धी’ खुब मिस गर्छ ।

Saturday, June 15, 2013

प्रेमपुराण

सिपी अर्याल (CP Aryal)

ब्याख्या र बुझाइमा फरकफरक रहनेगरेको सर्वकालिक विषय हो प्रेम । यो एउटा रहस्य हो, भुमरी पनि हो । यसको पोको फुकाएर ब्याख्या गर्ने यत्न गरेका छन् १० थरी लेखकले संस्मरणत्मक पुस्तक–आकार फस्ट लभमार्फत् । प्रत्येकको आफ्नै भोगाइ छ तर परिणाम एउटै । सबैजना कुनै दृष्टिले असफल प्रेमी/प्रेमिका भएपनि उनीहरूको भोगाई–वाचन पढ्दा पुराण पढेजस्तै लाग्छ ।

संग्रहको सुरुमै विमल आरोही देखिन्छन्, पँधेरामा लुक्दै आफ्नी प्रेमिकाको सुन्दरता लोभलाग्दो शैलीमा ब्याख्या गरिरहेका । पुस्तकमै उत्कृष्ट बिम्बप्रयोगमार्फत् यिनले खितखिताएर हँसाउँछन् । कतै उनको प्रेमको वियोगपूर्ण अन्त्यले पाठकलाई रुन पनि विवश बनाउँछन् । आफ्नी ‘विन्ते’ को सम्झनामा उनले खर्चेका शब्द–पसीना लोभलाग्दा हुँदाहुँदै आञ्चलिक भाषाप्रयोगमा उनी कतैकतै नराम्ररी चिप्लिएका छन् ।

आफ्नो प्रेममा थच्चिएका विमलपछि शिवानी झुल्किन्छिन् । उनका प्रसंग र कथाबुनोट प्राकृतिक लाग्छन् । प्रेम तोड्ने निर्णय सुनाएर पर हिँडिरहेको आशिषलाई टिलपिल हुँदै हेरिरहेकी शिवानीपछि अर्का देवदास प्रकट हुन्छन्, कुमार नगरकोटी। “जिप्सी यादहरू बोक्दै ऋतुको चियापसलमा” बसिरहँदा आफूभन्दा जेठी र विवाहित मीरासँग प्रेममा पर्छन् उनी । मीरा अचानक ओझेल परेपछि नगरकोटीले अन्ततः ऋतुसँग विवाह गर्छन् । माइत गएकी ऋतु फर्केर आउँदिन । पाठकले ऋतुलाई धारे हात लगाउँछन् । प्रेमिका/श्रीमतीले छाडेर हिँडेपछिको नगरकोटीको खत नओभाउँदै कमल नेपाली देखिन्छन्, पहिलो प्रेमले उनको हृदयमा कस्तो खत बसाल्यो, त्यो देखाउँदै । निकै रमाइलो पारामा प्रस्तुत कमलको कथाअन्त्यले चाहिँ पाठकलाई झसङ्ग बनाउँछन्, कुनै युवतीको दुईधारे प्रवृत्तिमाथि होशिवार हुन आग्रह गर्दै ।

मनपरेकी संगीतालाई पोस्टकार्ड दिएर त्यसमा आफ्नो नाम लेख्न बिर्सेका लेनिन बञ्जाडेले नामकै कारण ती युवतीलाई नपाएपछि स्पष्टिकरण दिन्छन् “नाममा के छ ?” भन्दै । कलेजजीवनमा जेसुकै गर्न नडराउने केटो, युवतीसामु प्रेम पोख्न कति काँतर हुन्छ, त्यो यिनले बताएका छन्, सरल र मीठो भाषामा । त्यसपछि सहरीया युवतीको चक्करमा फँसेका अजित आउँछन् । सुहाउँदा नेपाली शब्द हुँदाहुँदै अत्यधिक अंग्रेजी शब्द प्रयोग गरेका अजित आफ्नो वर्णनमा इमान्दार देखिन्छन्, नाटकीयता कम छ यिनको भोगाइमा । रिसाहा प्रेमीको उन्मत्तताबाट दिक्क भएर फुत्किएपछि ऋचाले आफूलाई प्रेम–पिँजडाबाट फुत्किएकी चरी मान्छिन् । उनले सन्देश दिन खोजेजस्तो देखिन्छ, प्रेम एउटा पिँजडा हो ।

Saturday, March 30, 2013

एउटा फिरन्तेको कथा



-सिपी अर्याल (CP Aryal)

कुनै–कुनै जिन्दगी मृत्युबाट सुरु हुन्छन् । सबैथोक अस्ताएर खरानी भैसक्छ । अनि मात्र एउटा फिरन्तेले भोगेको समय सुम्सुम्याउन पाइने मौका मिल्छ, ब्रजेशको पहिलो उपन्यास ‘यायावर’मार्फत् । कहिले सिनेमा लेखक, कहिले अभिनयकर्ता, कहिले स्तम्भकार त कहिले कथालेखकको पहिचान बनाउँदै पाठकको मनमा घुमिहिँड्ने यायावर हुन् ब्रजेश । उनै ब्रजेशले ‘यायावर’ नामकै पहिलो उपन्यासमार्फत् फेरि अर्को नौलो यात्रा सुरु गरेका छन् ।

समग्र जिन्गदीलाई डोहोर्याइ हिँड्नु अप्ठेरो कुरा हो । अझ मन लागेको ठाउँमा पैताला विसाउने फिरन्तेहरूलाई पनि सुख्ख छैन ! वैकुण्ठ नामक प्रमुख पात्रको वरिपरि जेलिएको यस उपन्यासमा सो पात्रचाहिँ आफ्ना सुन्य रोजाइहरूबीच कारुणिक समय बाँचिरहेको छ । बाङ्गो समाजबाट टेढो औँलाले घ्यु निकाल्न नजानेको वैकुण्ठ निरुद्देश्य यायावर हो । उसका कुनै गन्तब्यहरू छैनन् । ऊ निरन्तर डुलिहिँड्ने फिरन्ते हो । आफ्नै कथा लेख्दा उसले आफूलाई नायक पाउँदैन । ऊ भन्छ, “आफ्नै कथा लेख्दा पनि म कतै कुनै ठाममा नायक बन्न सकिनँ ।” तर ऊ खलनायक पनि होइन । केवल एउटा पात्र हो, बस् ! वैकुन्ठ एउटा पहिचानबिहिन पात्र हो । उसका थुप्रै नाउँहरू छन्, बाङ्खुरे, माड्साप, काठ्ठा, धतुरे, हिरा आदि । यतिका धेरै नाम बोकेको मानिस निश्चित परिचयविहिन र उद्देश्यविहिन छ । वैकुण्ठजस्ता जोकोही नेमट्याग भिरेकाहरूको जिन्दगीमा यस्तो घटना घट्न सक्छ भन्ने चेतना लेखकले भरिदिन खोजेका हुन सक्छन् ।

मूलकथा जस्तै लाग्ने इन्सपेक्टर प्रतापको जीवनशैलीबाट उपन्यास सुरु हुन्छ । तर हेर्दाहेर्दै प्रतापको कथा गौण बन्छ र वैकुन्ठबाट कथाको म्याराथन सुरु हुन्छ । आफ्नो जीवनसंघर्ष वैकुण्ठले आफ्नै लेखाइमार्फत् उजिल्याउन खोजेको हो, एउटा डायरीको रूपमा । बस दुर्घटनामा परेको बैकुण्ठको पेनड्राइभ कम्प्युटरमा हुलेपछि इन्सपेक्टर प्रतापले कम्प्युटर स्क्रिनमा अक्षर पढ्न थाल्छ, निरन्तर । कहिल्यै कुनै पुस्तक नपढ्ने प्रतापलाई वैकुण्ठको डायरीले तत्कालै तान्छ । ऊ कहिँकतै नरोकिएरै खररर कथा पढ्न थाल्छ । तारेभिरजस्तै अप्ठेरो जीवन बाँच्न बाध्य वैकुन्ठको कथा पढ्दा चाहिँ कहिँ कुनैपनि अप्ठेरो महसुस हुँदैन । त्यसैले कुनै पात्रको जिन्दगी पढ्नु र सोही जिन्दगी उही पात्रले भोग्नु नितान्त फरक कुरा हुन् ! उपन्यासले यहि भन्छ । वैकुण्ठको बाल्यकाल, विद्यार्थी जीवन, विवाहोत्तर समय, कलेज पढ्दा काठमाडौँमा गर्नुपरेको संघर्ष र प्रौढावस्थाको एक्लो जीवनबारे पढिरहँदा अनेक ठाउँमा खित्का छाडेर हाँस्ने ठाउँ मिल्छ । उसैगरी आँसुका ढिक्काहरूसँग पनि पाठकलाई सिँगौरी खेल्नुपर्ने हुन्छ ।

कालोराम वैकुण्ठको जीवनको ग्रहण हो । मूल खलनायक उही हो । स्कुलमा नाटक देखाउने तयारी गर्दा कलाकारहरूलाई कालोरामले शोषण गर्छ । आफ्नो निर्देशनमा प्रस्तुत गर्न लागेको नाटकमा मूलभूमिका दिने सर्तमा कालोरामले जुनेली र वैकुण्ठमाथि अनैतिक यौनशोषण गर्छ ! त्यस्तो शोषणले वैकुण्ठलाई जीवनभर निरिह बनाइरहन्छ । यो यथार्थ नेपाली सिनेमा क्षेत्रमा पनि व्याप्त भएको ठूलै गाइँगुइँ चलिरहन्छ । सिनेमामै मज्जाले भिजेको हुनाले पनि ब्रजेशले त्यो प्रसंगलाई न्याय गर्न सकेका हुन् । कथाका अन्य थुप्रै प्रसंगहरू पनि सिनेमा जस्तै लाग्छन् । आँखामा अक्षर घुमिरहँदा सिनेमाको रिल घुमेजस्तै लाग्छ । यो शैलीलाई लेखकको अद्भुत क्षमता मान्न सकिन्छ ।

कतिपय घटना प्रसङ्गहरूको जोडघटाउ प्राकृतिक लाग्छन् । घटनालाई लेखकले नघटाएर तिनीहरू आफसेआफ घटित भैरहेका जस्ता लाग्छन् । यसले उपन्यासलाई अस्वाभाविक हुनबाट रोक्न सकेको छ । कथामा आएका कुनै–कुनै (अश्लिल) शब्दहरू केही ठाउँमा प्रयोगको दृष्टिले प्राकृतिक देखिँदैनन् । आख्यान लेखनमा चलिरहेको शैलीलाई पछ्याउने जमर्को जस्तो मात्र देखिन्छन् ती शब्द छनौट । कथाको मूलपात्र वैकुन्ठको पात्रचित्रण सशक्त छ । वैकुन्ठले आफ्नो शैलीलाई कहिँपनि फुत्कन दिएको छैन । उसको जीवन एउटा सरल रेखामै बगेको छ । कुण्ठाहरूसँग प्रत्येक पल लाप्पा खेल्दै ऊ निरुद्देश्य हिँडिरहन्छ । कालोरामले शोषण गरेपछि उसले आफ्नो यौनकुण्ठा मेट्न कुनै हालत सक्दैन । पात्रहरूलाई जन्माउन, हुर्काउन, बढाउन, तिनको सही स्याहार गर्न र समयसँगै तिनलाई उचित थान्को लगाउन सहि तरिकाले सकेका छन् ब्रजेशले, आत्मीय आमाबाबुले जस्तै । वैकुण्ठबाहेकका पात्रहरू, जुनेली, कालोराम, बा, आमा, भैरे, मेनुका आदि सहज लाग्छन्, वैकुण्ठले जिन्दगीको जेब्राकसिङमा भेटिएका जस्तै लाग्ने । ती जसरी आउँछन् उसैगरी बिलाउँछन् । एकैछिन मात्र देखिने भूगोल शिक्षकले पाठक मनमा अमिट छाप छोड्न सक्छन् । उपन्यास सकिँदा कालोराम कता गयो होला भन्ने प्रश्न पाठक मनमा उब्जन सक्छ । त्यसको पनि सहि सम्बोधन गर्नुपथ्र्यो लेखकले । कथामा एउटा ‘फ्याक्चुअल एरर’ छ । यात्रु बोक्ने भाडाको बसको नम्बरप्लेटमा अल्फाबेटको बीचमा अङ्क हुन्छ, ‘अ’ होइन र अन्तिम अक्षर ‘ख’ हुन्छ ‘क’ होइन । उपन्यासको सबैभन्दा रोचक पक्ष यसको कथानक हो । भाषा मध्यम लाग्छ । जे छ कथानकमै छ ! यसैगरी कथा भन्ने शैली (प्रस्तुतीकरण) मा पनि दम छ । यसलाई नौलो मान्न सकिन्छ । कथा अन्त्य चित्तबुझ्दो लाग्छ । पुस्तकमा नगण्य मात्रामा शाब्दिक त्रुटीहरू छन् । यथेष्ट मिहिनेत देखिएको यो पुस्तक पठनीय छ ।

Brazesh's Yayawar review by CP Aryal


पुस्तकः यायावर
विधाः उपन्यास
लेखकः ब्रजेश
प्रकाशकः अर्किड बुक्स
पृष्ठः २०९
मूल्यः ने.रु २९५


(नागरिक 'अक्षर'मा २०६९ चैत १७ गते प्रकाशित । लिङ्क यहाँ छ ।)


Saturday, January 26, 2013

तन्नेरीलाई खुराक


–सिपी अर्याल (CP Aryal)

तन्नेरीले बोल्ने भाषा, उनीहरूले बाँचेको जस्तै जीवन, तिनकै क्षणिक प्रेम सम्बन्धका कुरा अनि उस्तै मनोविज्ञान । यस्तै यथार्थलाई मज्जाले बुझेर लेखिएका नेपाली साहित्य हामीसँग थिएनन्, सायद । भारत लगायत विश्वकै अक्षरबजारमा यस्तो साहित्यले गतिलो ‘कमर्सियल भ्यालु’ राख्ने गरेका छन् । सामान्य कथानकबीच रङ्गीन प्रेमसम्बन्धमा हेलिने युवाका त्यस्ता कथाको छुट्टै ‘एस्थेटिक भ्यालु’ रहने गरेको छ । हामीमाझ यस्ता औपन्यासिक कृतिका माग उठिरहेका जरुर थिए । यद्यपि, मूलधारमा ‘गम्भीर’ भनिने साहित्यमाझ यसखालका तन्नेरी खुराक अहिलेसम्म देखिएका थिएनन्, सायद ।

यो अवस्था चिर्दै युवा स्रस्टा सुबिन भट्टराईले उनको पहिलो उपन्यास कृति ‘समर लभ’ प्रकाशित गरेका छन् । यो विलकुल नयाँ शैली ‘मूलधार’ लेखनीले पचाउन समय त लाग्ला नै तर एउटा कुरा ठोकुवा गरिदिन सकिन्छ, यस्ता पुस्तकप्रति युवापुस्ताको मोह ह्वात्तै बढ्नेछ अब । आफ्नै कथा, आफूले जस्तै बोल्ने भाषाको प्रयोग र दुरुस्तै जीवनशैली समेटिएको गतिलो पुस्तक अभाव भएरै त हो नि हाम्रा तन्नेरी नेपाली साहित्य पढ्न नलोभिएका ! ‘समर लभ’ले त्यसको क्षतिपूर्तिको लागि पहलकदमी उठाउन सुरुआत गरेको छ । यस पुस्तकले आफूलाई फरक साहित्यविधाको रूपमा पक्कै स्थापित गराउनेछ । भाषा/कथानक/प्रस्तुती युवाहरूलाई समकालीन लाग्नेछ । ‘समर लभ’ मा आफ्नै परिवेशको कथा र आफूले जस्तै भाषा बोल्ने पात्रहरू देख्नेछन् युवा पाठकले ।साया र अतितको जस्तो प्रेमसम्बन्धमा उनीहरूले आफैलाई हिरो/हिरोइन मानेर उपन्यास पढ्नेछन् ! अनि यिनै पात्रले विश्वविद्यालयमा बिताएका समय बारे पढिरहँदा पाठकहरू नोस्टाल्जिक पनि हुनेछन् ।

अतित नामक मूलपात्रको वरिपरि घुमेको ‘समर लभ’ लेखक–पात्रले अतितकै मुखबाट न्यारेट गराएका छन् ।  त्रिविमा वातावरण विज्ञानको स्नातकोत्तर इन्ट्रान्समा ‘साया शाक्य’ नाम पहिलो नम्बरमा देख्नेबित्तिकै अतित उसलाई देख्न लालायित हुन्छ । भनौँ न देखेको नामसँग ऊ प्रेममा परिसक्छ । सायाबारे व्यग्रतासाथ जान्न खोज्दा उसलाई अन्य युवतीहरूले जिल्ल्याएका, आफ्नी नायिकालाई देख्न ऊ लोभिएको घटना वर्णनले पुस्तकका पाना पल्टिएको पत्तो पनि दिँदैनन् । यसरी कथानकले गती लिन्छ । नियमित अध्ययन सुरु भएपछि सायासँगको प्रेम सम्बन्धमा अतित मजाले जेलिन थाल्छ । साया पनि अतितको संसाथले रमाउँछे । त्यसबीचका घटना निकै सामान्य लाग्छन् तर प्रस्तुतीकरणको शैलीले उत्तिकै लोभ्याउँछन् पनि । दुईबीचको रोमान्स र सेक्सका वर्णन अनि हाँसोठट्टामा गतिला संवादको प्रयोगले पाठकलाई अल्झाइरहन्छन् । साया र अतितबीच सानातिना कारणले उब्जाएका मनमुटावले युवा मानसिकताको प्रतिनिधित्व गर्छन् । प्रयुक्त अन्य पात्रबीचका लोभलाग्दा संवादले पनि पाठकको मन हरप्रहर जीतिरहन्छन् । कुनै नविन कुरा कथामा छैनन्, त्यसको सार दुई शब्दमा व्यक्त गर्न सकिन्छ, ‘प्रेम’, ‘विछोड’ । तर त्यसबीच पात्रले भोगेका यथार्थहरूको सशक्त विवरण नै काफि छन् पाठकलाई बाँधिराख्न । अनु, प्रतिक्षा, किरण, सुस्मीता, दिब्या, मधुसुदन आदि पात्रहरूले सहज भूमिका निर्वाह गरेका छन् । मूलकथाको अन्त्यसँगै केही पात्रहरूलाई बीचमै छाडिएको छ । तिनको पनि सही थान्को लगाउन सकेको भए पाठकले सन्तुष्टिको लामो सास तान्न सक्थे । कथाको टुङ्गो यस्तो प्रकारले गरिएको छ कि पाठकहरूलाई आस लाग्ला, ‘समर लभ–२’ पनि आउँछ कि भन्ने !

अतितले आफ्नो भूमिकालाई जबरजस्त राख्न सकेको छ । एउटा युवा छात्रले विद्यार्थी जीवनमा झेल्ने गरेका समस्या, सफल प्रेमी बन्ने उसको मोह अनि परिवार र प्रेमीकाबीच समान सम्बन्ध मेन्टेन गर्नुपर्ने अप्ठेरो बीच बाँधिएको छ ऊ । उसैगरी सायाको भूमिका पनि स्वाभाविक लाग्छ । अझ, अचेल युवामाझ मौलाएको प्रेम सम्बन्धबीचको सर्वकालिक प्रेमिका–पात्र बन्न सकेकी छ साया । पारिवारिक दबाबले अतितलाई छोड्न चाहेकी जस्तो देखिने सायाले अरू नै कारणले पो अतितलाई छोडेकी होकि भन्ने प्रशस्त ठाउँहरू छन् । अन्य पात्रहरूको भूमिका पनि सहज लाग्छ । समग्रमा यी दुवै जोडी युवापुस्ताको प्रतिनिधि पात्र बन्न सकेका छन् । एकसरो कथाको मालामा उनीएको यस उपन्यासमा बीचमा कुनै उपकथाहरू आउँदैनन् । अतित र सायाको रोमान्सबीच कोही पनि ‘कवाबमा हड्डी’ बन्न नआएको होला जस्तो लाग्ने ! कुनै सबप्लट नभएको यस्तो कथामा प्रमुख पात्र हावी भएपनि प्रमुख कथासँग कहिँकतै पाठकहरू झिझिने ठाउँ देखिँदैन । मूलपात्रबीचको आकर्षण, प्रेम, रोमान्स, सेक्स अनि तीबीच देखिएका मनमुटावहरू रुचिलाग्दो र सामान्य ढङ्गमा प्रस्तुत छन् । युवापुस्ताबीच चर्चित बोलिचालिको भाषा प्रयोग कसीलो र सहज लाग्छ । उपन्यासको उत्तरार्धमा साया र अतितबीच गम्भीर मनमुटाव पर्छ र अवस्था एकदमै क्रिटिकल हुन्छ । त्यसबेला आफै कस्सीएर तीबीच मेडिएट गर्न पाए हुन्थ्यो भन्ने आस पाठकलाई लाग्न सक्छ !

Source: www.kalvj.blogspot.com
सायासँग विछोड भएपछि आधीदर्जन पेज लामो अतितको उराठलाग्दो फत्फत्याई असहज लाग्छ ! हुन त गहिरो वियोग भोगेको मानिसले एक्लै बर्बराएको जस्तो पनि देखिन्छ त्यो पाटो । त्यसैगरी कहीँकहीँ समकालीन सेटिङ अनुसारको वास्तविकता प्रस्तुतीकरणमा लेखक मजैले चुकेका छन् । ती सूक्ष्म घटनाको वर्णनमा पनि ध्यान दिइनु पर्थ्यो । यसैगरी प्रुफरिडमा पनि अझ मिहिनेत गरिनुपर्ने देखिन्छ । चेतन भगतको लेखनशैलीबाट प्रभावित भएको बताउने भट्टराइको शैली पनि भगतकै जस्तो छ । गह्रुङ्गा साहित्यिक सिद्धान्त लगाएर बुझ्नु नपर्ने र युवा वर्गको प्रेमिल जिजिविषा समेटिएका भगतका उपन्यासजस्तै भट्टराइले पनि हामीमाझ ‘चिक–लिट’को प्रवेश गराएका छन् (लेखिका अद्भैता कलाले यस खालको उपन्यासलाई ठट्टामा ‘डिक–लिट’ भनेकी थिइन्, गतवर्षको साहित्य महोत्सवमा) । कथामा प्रयुक्त सामान्य डिटेलको प्रयोग ठाउँठाउँमा झिझ्याटलाग्दो देखिन्छ । ती डिटेल्सको प्रयोग लेखकले सुन्दर ढङ्गमा गर्न नजानेको आभाष हुन्छ । कतिपय घटनाको घुम्टो खोल्न लेखक निकै आतुर देखिन्छन् । लम्ब्याउन सकिने त्यस्ता डिटेल्सहरू बढाएर सूक्ष्म खालका अन्य केही विवरणहरू घटाएको भए पुस्तक अझ ओजिलो बन्न सक्थ्यो । साया को हो भन्ने कुतूहुलता बढाउन लेखक जति सफल छन् त्यसबाहेकका केही प्रस्तुतीको पर्दाफास गर्न कहिँकहिँ उत्तिकै असफल पनि भएका छन् । खैर, घटनाको चाँडो पर्दाफासले युवा मनोविज्ञानको छनक दिन खोजेको व्याख्या पनि गर्न सकिन्छ ।

पुस्तकको लेआउट आकर्षक देखिन्छ । प्रयुक्त कभर फोटोले उपन्यासबारे धेरै बताउँछन् । राम्री युवती कालो ब्याकग्राउन्डमाझ रङ्गीन ब्यालुन लिएर पोज दिइरहेकी छ । रङ्गीन ब्यालुनजस्तै उसका रङ्गीन चाहनाहरू मनभित्र छन् । तन्नेरी जीवनभोगाइका इन्द्रेणी अनुभव ऊसँग छन् । उपन्यासकी नायिका सायाकै फ्लेभर मान्न सकिने पुस्तक कभरकी युवतीका मनमा अन्य कस्ता प्रेमील तरङ्ग देखापर्छन्, ऊ किन अतितसँग टाढिन खोज्छे त्यो बुझ्न पुस्तक पढ्न जरुरी छ । सुमधुर प्रेमकथा भएको यो पुस्तक विशेषगरी तन्नेरीमाझ पठनीय ठहर हुनेछ ।

पुस्तकः समर लभ
विधाः उपन्यास
लेखकः सुविन भट्टराई
प्रकाशकः फाइनप्रिन्ट आइएनसी
मूल्यः ने.रु. २७५/-
पृष्ठः २५०

(नागरिक दैनिकमा २०६९ माघ १३ गते पहिलोपटक प्रकाशित)

Saturday, May 12, 2012

इन्द्रेणी नायिकाको श्यामश्वेत कथा

-पुस्तक समीक्षा
-सिपी अर्याल (CP Aryal)

केही दशकअघिसम्म हामी बाँचिरहेकै समाजको त्रासदीपूर्ण यथार्थलाई नौलो प्रस्तुती दिएर अमर न्यौपानेले ‘सेतो धरती’ उपन्यास लेखेका छन् । ‘पानीको घाम’ पछिको दोस्रो आख्यान कृतिमा अमर अझ सशक्त देखिन्छन् । जीवनका सम्पूर्ण कणहरूलाई शत्शत् ढङ्गमा उनेर एउटा औपन्यासिक माला बनाउने प्रयास यस पुस्तकमा गरिएको छ । यसमा वालविवाह र त्यसले निम्त्याउने वैधब्य जीवनलाई मूल विषय मानि त्यसलाई मिहिन ढङ्गले केलाइएको छ ।

एउटा जमाना थियो ‘पुण्य’ कमाउन बाआमाले खुब रहर गर्थे । त्यो पनि आफ्नी कलिली छोरीले बोली फुटाउन सिक्दा–नसिक्दै उसको बिहे गरिदिएर ! बाआमाले के बुझुन्, त्यो काम पुण्य थिएन, एउटा पाप थियो । हो, यस उपन्यासको शैली पनि त्यस्तै छ । पुण्य कमाउने हेतुले सात वर्षकी कलिली छोरीलाई बाआमाले बिहे गरी पठाउँछन् । त्यसको परिणाम भयंकर निस्कन्छ । उपन्यासकी नायिका तारा हो । उसकै जीवन पाइलाहरूको सविस्तार वर्णन उपन्यासमा गरिएको छ । हजुरबुवाको ढाडमा अटाएर खेलिरहेकी ताराको बिहे गरिदिन बाआमाले हतारो गरेसँगसँगै कथाको राजमार्ग फराकिलो हुँदै जान्छ । सम्पूर्ण कथा त्यही निमुखी नायिकको वरिपरि फनफनी घुमेको छ । एउटा आत्मकथा रेकर्डरमा सुनेजस्तै लाग्छ पुस्तकका पाना पल्टाइरहँदा । तारा आफैँमा एउटी सशक्त नायिका त हो । तर कमजोर खालकि । मायालाग्दी अनि निमुखी ! आइरोनिकल जीवन बाँचेकी तारा आत्मालाप शैलीमा उपन्यासभरि फतफताइरहन्छे । उसका परिवार र साथीभाईले भन्दा पाठकहरूले नै सबैभन्दा धेरै बुझेका हुन्छन् उसलाई । बाल्यकालदेखिनै गम्भीर प्रश्नहरूसहित पाठकहरूसँग गफिइरहने ताराका मनोभावहरू पेचिला लाग्छन् । उसले सोधेका सम्पूर्ण प्रश्नहरूको उत्तर सायदै कसैले दिन सक्ला । धेरै प्रश्न भएका पानाहरूले बालबालिकाको उत्सुक शैली देखाउँछ ।


सौन्दर्य (ग्ल्यामर) कक्रकिइसकेको यस्तो कुरालाई लेखनको मूल विषय बनाउन खोज्नु लेखकको लागि ठूलो चुनौती हुन सक्थ्यो । तर सशक्त भाषामा त्यसरी ढालिसकेपछि सो चुनौतीको पर्खाल सर्जकले मज्जाले उधिन्न सके । हामीमाझका (पुरानै किन नहुन्) विषयहरू अझै लेखिनै बाँकि रहेको जनाउ उनले दिएका छन् । पुस्तकमा त्यही देखिन्छ । मान्छेलाई झस्काउने त्यस्तो भयानक संस्कारको जग मान्छेले नै किन बसालेका होलान् !

Tuesday, May 8, 2012

Tragedy of a Borderland


Indo-Nepal border issue is in the air since ages. It has been always a 'better tool' for leaders of the political parties to ease their career in one and the other way. And now, it has been a same case - but for good- for an issue in a novel. The treaty signed between Nepal and India in 1950 intends for a close strategic friendship. But it is proved ever prejudiced. Moreover, it has been a huge snag for the Nepalese residing in the borders. Nayanraj Pandey, in his latest piece Loo has beautifully crafted a second to none tragedies we are breathing.
A desire for the next novel written by the same author had mounted the years back when Ullar turned addictive. In Loo Pandey has lifted the same characters facing the terrible poverty and societal setbacks. This is a tale of the subalterns who are being excluded by the mainstream political force. The more the readers flip into the pages, their fist certainly would bump up because of the heart ridden atrocities the people are facing there.
The story is all set in Pattharpurawa village of Nepalgunj. The village has been portrayed as a huge character in itself. Though non-human by breathe, the village is powerful in depicting the miseries. The atrocities of SSB faced by the innocent villagers are closer into reality. The leaders said to be working for the people turn appalling; raping the innocent girls and hanging the people into death. The awful characterization is another point to be noticed. The characters narrating their own story revealing some facets is good in itself. It helps reader know the psyche of each character. Somewhere, the narrator character's information seems unworthy. The reader could question, "How such a rug fellow would hold bigger information of political diplomacy?" Moreover, different character's narration should have to be different. How could each of them would carry identical tone of narration, word preference and symbol use? The perfection of every good novel rests on the style of its narration. And here the author has admitted it. He discloses writing is not that much tough- says- "It's easy to write. Not that much tough, for sure. For that, the characters must recite their story honestly and the writer should write truthfully."
Likewise, the author's capacity of language use is incredible and enticing. It holds the readers to flip the pages till the end. Some 20 pages before the end are bitter which expose the one and the other trauma faced by the people. The most painful and horrible situation is the author getting Tute Pandit's letter. The readers feel exhausted when Pandit revealed that Pattharpurawa is no longer in Nepal! The Nepali land being captured by India finally is becoming the painful reality in these days too. The story started from a death revelation goes on with loads of ups and downs. Most of the characters carry equal value in the pages. Ilaiya, Radiolaal, Bajrangi, Nusrat, Tute Pandit, Karim, Kabita, Hardei and almost all of them are better placed in their pose. These characters never let go their characterization. They stay ever same what they were. The metafictional confession in the end of the pages is breathtaking. The style of acknowledgment worth a huge clap. The real life people, used as the characters fit into the fictional reality. But, the story slippers somewhere as if the author is hurried to expose.
The author's capacity of holding the reader until the end is brilliant in style. There are few instances where Pandey would have to work more. Raising his hero, Ilaiya, carefully is a master craft. However, in the end the way hero is left seems painful. It would be better if the writer had spent more ink for his well settlement. The images are perfectly used as per the terai settings. No metaphors or simile goes out of terai as per the condition. Pandey added few events and characters (like Prem Lalawa and Draupadi) from his previous novel Ullar. This insertion seems relevant and cool. The most dissatisfying evident in the novel is the style of bracketed information given in non-consistent way. The exposition of meaning through the bracketed information seems very much unusual and disturbing. It could be well suited in narrative sentences but certainly out of the way in some dialogues.
As a whole the novel disclosing the painful reality of the marginalized people of border locale would add discourse in the political arena. If the ever prejudiced issue of Indo-Nepal border would be settled well, sharing benefit to both of the countries, this piece of fiction would be a milestone in Nepali literature.

Book : Loo [लू ]
Author: Nayanraj Pandey
Genre: Novel
Publication: Sangri-La Books
Price: NRs. 300/-
Pages: 256

-CP Aryal

Wednesday, February 29, 2012

ध्वंशको कथा


आधुनिक ‘क्यान्टरवेरी टेल्स’ उपमा दिइएको ‘टोक्यो क्यान्सिल्ड’ लेखेपछि भारतीय मूलका बेलायती लेखक राना दासगुप्ताको चर्चा ह्वात्तै चुलियो । उनी सशक्त युवा कथावाचक भएको ठम्याई धेरैले गरिदिए । त्यही उत्प्रेरणाले उनले आफ्नो दोस्रो कृति ‘सोलो’ लेखे । सन् २०१० को कमनवेल्थ राइटर्स प्राइज जितेको सो उपन्यासले युद्धग्रस्त बुल्गेरियाको दर्दनाक कथा भन्छ ।

बीसौँ शताब्दीको बुल्गेरियाली इतिहासको दृश्यचित्र खिच्ने यस उपन्यासमा कहालीलाग्दो यथार्थ छ । थर्ड पर्सन न्यारेटिभमा उनीएको कथा जहाँ गएपनि उल्रिक नामक पात्रकै वरिपरि जेलिएको छ । उल्रिक पुस्तकको असफल नायक हो । जीवनका जुनसुकै खण्डमा असफलता, त्रास, पिडा र अक्षमता भोगेको छ उसले । तरपनि ऊ नायक कहलिन लायक बनाइएको छ । पुस्तकको वर्तमानमा एक शताब्दी बाँच्दै गरेको अन्धो पात्र हो ऊ । पाठकहरूसामु आफ्नो विगतबारेको लय हाल्नु नै उसको जिजिविषाको एक आधार हो ! लेखकको सबैभन्दा ठूलो चलाखी यहिँनिर छ । आफ्ना पाठकलाई मनोरञ्जन दिन सक्ने गरी लेखक बाठो भए पुस्तक पढ्नुको मज्जा पनि हुन्छ । हो यस्तै चलाखी दासगुप्ताले गरेका छन्, बदलामा पाठकहरूले पनि सन्तुष्टिको सास सजिलै फेर्न सक्छन् । उल्रिकको बाल्यकाल, युवाकाल, प्रौढावस्था र जीवनका अन्तिम हिँडाइबारे जानिरहँदा पाठकलाई कहिँ पनि सकस हुँदैन । उल्रिकजसरी नै सम्पूर्ण पात्रहरू कथामा एकपछि अर्को गर्दै असफलताको तलाउमा फाल हाल्न वाध्य पारिन्छन् ।

पुस्तकमा दुईवटा खण्ड छन्ः लाइफ अनि डेड्रिम । लाइफ खण्ड मा विभिन्न उपखण्डहरू छन् जसको नामाकारण रसायनशास्त्रसम्बन्धित विविध तत्वबाट राखिएको छ । दासगुप्ता आफै र उनको प्रमुख पात्रले रसायनविज्ञानप्रति मरिहत्ते गर्ने भएकाले पुस्तकका उपशिर्षकहरू त्यसैअनुसार बने । पुस्तकको अर्को खण्ड डेड्रिम पहिलो खण्डसँग कहिँ कतै पनि मेल खाएको जस्तो देखिँदैन । पात्रहरू फरक, घटना अर्कै, परिस्थिति भिन्दै छ डेड्रिममा । त्यसैले यो दोस्रो खण्ड पढ्दा पाठकहरूलाई कताकति पट्यार त लाग्न सक्ला । तर अन्त्यमा, पहिलो र दोस्रो खण्डलाई लेखकले गर्न सकेको मिलान देखेर पाठकको आँखा उत्तिकै रसाउन पनि सक्छ, सन्तुष्टिले । दुईओटा अद्योपान्त फरक सताब्दीको कथा यस्तो मिहीन ढङ्गमा कहन सक्नु दासगुप्ताको कुशल क्षमता नै मान्नुपर्छ ।

व्यापक ध्वंश र असफलता खेपेको कम्युनिस्ट शासनमा हुर्किएको बुढो उल्रिक कथा सुरु हुँदा विसंगतिपूर्ण जीवनको एक सतक बाँचिरहेको छ । कुनै पत्रिकाबाट सुगाहरूबारे दर्दनाक कथा थाहा पाएपछि ऊ आफ्नो विगतमा डुब्छ । यही मौका छोपेर कथाकारले थर्ड पर्सन न्यारेटिभमा कथाको माला उन्न सुरु गर्छन् । एक तरिकाअनुसार कथाकार आफै पनि यहाँ पात्र छन् । बुढो उल्रिकले आफ्नो कष्टपूर्ण जीवन जिउने एउटा मात्र सहारा आफ्नो विगत पोख्नुमा देख्छ । र उसको यही अभिष्ट लेखकले पूरा गरिदिन्छन् ।

उन्नाइसौँ शताब्दीका घटनाक्रम बिसौँ र एक्काइसौँ शताब्दीसँग आएर मीठो लयमा उनिन्छ । घमण्डी र अतिआत्मविश्वासी उल्रिकका बाबु अर्का ‘डिजास्टर टन्र्ड क्याराक्टर’ हुन् । सानो छोराले संगीतमा आफ्नो भविष्य देख्दा छोराले बजाइरहेको भायोलिन खोसेर उनले आगोमा फ्याँकिदिन्छन् । यो घटनाले प्लट अब कता मोडिएला भन्ने सामान्य अनुभव जोकाहिलाई गराउँछ । कथाको नायक उल्रिकको खराब दिन यसअघिका घटनाबाटै सुरु भइसकेका थिए । ठूलो उत्साहसाथ उच्च शिक्षा पढ्न जर्मन हिँडेको ठिटो घरको बेहालपछि बुल्गेरिया नै फर्कन्छ । घर फर्कँदा उसको बाबु मरिसकेको, गरिबीको कारण आमाले घर छाडि अन्तै सर्नुपरेको, प्यारो साथीलाई मृत्युदण्ड मिलेको हुन्छ । ‘अझैपनि केही गर्न सक्छु’ भन्ने उत्साहसाथ अघि बढेको सो बबुरो पात्रकी श्रीमतीले पनि उसलाई छाडिदिन्छे । छाडेकी श्रीमती आफ्नो दोस्रो पतिसँग यौनम्पर्क गर्दाको आवाज सुन्दा उसको मन कति कुँडियो होला, त्यसको दृश्यचित्र खिच्न दासगुप्ता सफल छन् । यौनका यस्ता दृश्य थोरै छन् । तर पाठकको ध्यान आकृष्ट गर्न भने यथेष्ट सफल छन् । उल्रिकले सबैथोक गुमाउँदै जान्छ, लेखकले निर्दयतापूर्वक उसको घिच्रो समाइरहन्छन् । उल्रिकले आफ्नो रक्तपातपूर्ण इतिहासलाई प्रत्येक पल सम्झिन्छ र त ऊ वर्तमान बाँच्न सकेको छ । आफ्नो जीवनलाई आइन्सटाइनको जस्तै दर्दनाक भनेर सान्त्वना पनि दिन्छ उसले कहिलेकाहिँ । देशमा राजनीतिक घटनाक्रम, आन्दोलन, ध्वंशको प्रकृति जति बढ्दै जान्छ पात्रहरूको जीवनमा पनि उस्तै हुण्डरी मच्चिँदै जान्छ ।

यही बीचमा कथाको दोस्रो खण्ड सुरु हुन्छ जुन आफैमा एउटा अर्को छुट्टै उपन्यास जस्तै देखिन्छ । फरक परिवेश, भिन्दै पात्र, अर्कै कथा । यसले जर्जियाका आतंकवादीबारे कथा भनेको छ । खतुना, कख, बोरिस, इराक्ली, प्लास्टिक नामका युवा पात्रहरूले भरिएको यो खण्ड जीवनजस्तै कहालिलाग्दो छ । ती युवाहरूले आफ्नो आकांक्षा पूरा गर्न कस्ता काममा सामेल हुन सक्छन् त्यसको अद्योपान्त विवरण यस खण्डमा छ । भलै यो खण्ड पहिलो खण्डसँग नमिल्दो देखिएको होस्, यसैले पुस्तकलाई सानदार ढङ्गमा तर भिन्दै तरिकाले उन्न सकेको पनि छ ।

सररियालिजमको खाकामा आवृत्त यस पुस्तकलाई सल्मान रुस्दीले पनि सक्दो प्रशंसा गरेका छन् । दासगुप्ताको यो पुस्तकको लागि उनलाई पुस्ताकै अत्यन्त सर्वोत्कृष्ट र वास्तविक लेखकको संज्ञा रुस्दीले दिए । कतिले उनलाई दोस्रो मार्खेजको पगरी पनि गुथाए । ‘सोलो’पछि दासगुप्ताको तेस्रो पुस्तक गैर–आख्यान हुनेछ । बताइएअनुसार पुस्तकमा उनले दिल्ली जीवनशैलीलाई अद्योपान्त समेट्नेछन् । सुकेतु मेहताको ‘म्याक्सिमम सिटीः बम्बै लस्ट एन्ड फाउन्ड’ पनि दासगुप्ताले लेख्ने भनिएको शैलीकै पुस्तक हो । यो तेस्रो कामबाट उनलाई पाठकहरूको मज्जाको धाप मिल्ला वा मेहताको कपि गरेको आरोप आउला ! त्यो हेर्ने दिन बाँकि नै छ । त्यसअघि पाठकले सोलोबाटै सकेजत्ति मज्जा लिन सक्छन् ।

प्रत्येक पात्रहरूको नशामा एउटा गजबको उर्जा सञ्चार गराउन सफल लेखकले ती पात्रहरूलाई उसैगरी ध्वस्त बनाइदिएका पनि छन् । उल्रिकको बाबु त्यस्तै दुर्भाग्य बोकाइएको सशक्त पात्र हो । ऊ आफ्नो छोरालाई भन्छ, “छोरा तिमीले समाजका अति प्रभावशाली व्यक्तिहरूसँग संगत गर्न पाएका छौ । त्यसैले तिमीलाई कुनै पनि हालतमा असफल हुन मैले दिनेछैन ।” यसो भन्ने बाबुले छोराको कुनै पनि इच्छाअनुसार जिन्दगी जिउनै दिँदैन । छोराले आफूभित्रको साङ्गितिक कौमार्य प्रस्फुटन गर्न खोज्दा बाबुले रिसले चुर भएर भायोलिन आगोमा फालिदिन्छ । कस्तो विडम्बना ! पुस्तकका घटनाक्रम कतै निकै छिटो र कतै साहै्र सुस्त गतिमा बहेका छन् । घटनाका गतिको लय एउटै हुन सकेको भए पुस्तकको कमजोरी इरेज हुन सक्थ्यो । लेखकले सबैभन्दा धेरै श्रम उल्रिकको चरित्रचित्रण गर्नमा खर्चिएका छन् । साढे तीन सय पृष्ठको किताब पढिरहँदा पाठकलाई त्यति नै समयसम्म एउटा पर्दामा सानदार सिनेमा हेरिरहेको अनुभव हुन्छ । युद्धको विभिषिका, युवा आकांक्षा, राजनीतिक परिवर्तन, मानसिक आघात यी सबै जान्दा  आँखाअगाडि सिनेमा रिल फन्फनी घुमिरहेको भान हुन सक्छ पाठकलाई ।


पुस्तक: SOLO विधा: उपन्यास, लेखक: Rana Dasgupta, प्रकाशक: हार्पर कोलिन्स, न्यू दिल्ली, मूल्यः ४२० भा.रु., पृष्ठः ३५७

-सिपी अर्याल (CP Aryal)

(नागरिक दैनिक, १३ फागुन २०६८ )

Friday, April 22, 2011

The Love in Nostalgia


(Published in Republica, 2011 April 22)

Orchid Books' launch Pahilo Premko Sansmaran is a collection of short stories, written by Dhruba Chandra Gautam. The book enshrines published stories written four decades ago, until the present in different papers and magazines, those that might have been out of print. Roshan Thapa 'Niarav' edited the copy. Readers will be able to compare Gautam's writings from the past decade to his present style.


Fifteen stories consist of multiple issues of youthful vigor of a guy to the inanimate life of a retired character. Different plots revolve around the story of childhood nostalgia, bureaucratic idiosyncrasy, societal pretensions, youthful spirit and the war melancholy. The events, even though seem realistic, due to the narrative style, few might loose focus while reading the story.

The importance of this book lies further. Most of the stories included are experimental in nature dealing with absurdist and existential issues. As most of the stories match the theme of Absurdism, the characters, somewhere, do nothing precious. And thus, their proceedings seem often unsolved and useless as well.

A reader's wish of reading, Gautam's story collection will not be available in the future. "It is my last collection of stories. My focus will now be on writing novels in the coming days." reveals Gautam.

Friday, April 15, 2011

बिम्ब बयान



CP Aryal.


हुन त पोखरेली कवि निष्प्रभ सजीको भर्खरै प्रकाशित कवितासंग्रह ‘इजलासमा लाहुरे फूल’ मा सरुभक्तले भूमिकामार्फत् ‘कविता छन्द वा छन्दहीनतामा, गद्य  वा पद्यमा, बौद्धिकता वा भावुकतामा, बिम्ब वा बिम्बहीनतामा हुँदैन । कविता कवितामा हुन्छ । कविता हुन कुनै आग्रह, पूर्वाग्रह र अज्ञानताको थाक्रो चाहिँदैन ’ भनेका छन् ।
तर बिम्ब फुलेको कविताको मीठास अर्कै हुन्छ । बिम्बसँग राम्ररी खेल्न सक्ने खुबि भएकाहरू राम्रा कविका रूपमा द¥हीन सक्छन् । निष्प्रभ सजी यो गुण भएका राम्रा युवा कविका रूपमा प्रस्तुत भएका हुन् उनको उच्च बिम्बात्मक कविता कृति ‘इजलासमा लाहुरे फूल’ मार्फत् । ‘भूपरिवेष्ठित खुट्टाहरू’ पछि प्रकाशित यिनै स्रस्टाको दोस्रो कविता कृति हो यो ।

सरल भाषा, ओजपूर्ण भावना अनि सही बिम्ब तथा प्रतिमा चयनकासाथ लेखिएका यो पुस्तकका कवितामा प्रेमिल तरंग, देशप्रेम, युद्धको विभिषिका, विदेशिनुको पिडाहरू विषयवस्तुका रूपमा आएका छन् । सबैभन्दा धेरै देशप्रेमका भावना छन् । कतै–कतै कवि आप्mनो मष्तिष्कको दासताहरूबाट मुक्त हुन आप्mनै कविताको मलामी पनि हिँडिरहेका छन् !

Friday, November 19, 2010

Nostalgic Essays


The Review is published in The Rising Nepal dated on 2010 November 19.


- CP Aryal

Everyone, in fact, have their own traces in their life. Roshan Sherchan, also a conservationist by his profession, could not be an exception. Though he could not be an exception of having some traces in life, he is exception in tethering his experiences in fine silhouette with mesmerizing magic of words.

Sherchan's Champaran Blues, a collection of several essays is a recent publication of Orchid Books. These nostalgic narratives are afflictions and delightful undergoing of various periods in life of the author. The collection totalizes writer's memoirs of his days of several sufferings. Author, in a vivacious tone describes his abroad days and the terrific turmoil when he was employed in Nepal.
Sherchan as a poet could not leave his instinct reveal in the essays. In almost all of the crafts in the collection essayist's poetic passions are exposed. The essay Hazar Muza, Eutai Aakash(Thousand Folds, One Sky) is superbly knotted in poetic approach. When author's grandmother's home, in a village is dropped out by flood, he goes to carry her for city life. The essay shows what could be a pang to leave a place where one's heart is linked with!
Maowadi Chhayamuni Jindagika Dobharu (Traces of Life under the Maoist Shadow) is enough in itself provoking emotions to readers. It is the memoir when author was an officer. Conflict ridden period was so much horrifying for the job holders in distant areas that Sherchan evaporated his terrors in this way: "The shadow of the war is more dreadful than its body."