Friday, November 19, 2010

Nostalgic Essays


The Review is published in The Rising Nepal dated on 2010 November 19.


- CP Aryal

Everyone, in fact, have their own traces in their life. Roshan Sherchan, also a conservationist by his profession, could not be an exception. Though he could not be an exception of having some traces in life, he is exception in tethering his experiences in fine silhouette with mesmerizing magic of words.

Sherchan's Champaran Blues, a collection of several essays is a recent publication of Orchid Books. These nostalgic narratives are afflictions and delightful undergoing of various periods in life of the author. The collection totalizes writer's memoirs of his days of several sufferings. Author, in a vivacious tone describes his abroad days and the terrific turmoil when he was employed in Nepal.
Sherchan as a poet could not leave his instinct reveal in the essays. In almost all of the crafts in the collection essayist's poetic passions are exposed. The essay Hazar Muza, Eutai Aakash(Thousand Folds, One Sky) is superbly knotted in poetic approach. When author's grandmother's home, in a village is dropped out by flood, he goes to carry her for city life. The essay shows what could be a pang to leave a place where one's heart is linked with!
Maowadi Chhayamuni Jindagika Dobharu (Traces of Life under the Maoist Shadow) is enough in itself provoking emotions to readers. It is the memoir when author was an officer. Conflict ridden period was so much horrifying for the job holders in distant areas that Sherchan evaporated his terrors in this way: "The shadow of the war is more dreadful than its body."

Saturday, October 2, 2010

Story of a Striker



The Article is published in Gorkhapatra, dated 2010 October 1.


विकेटकिपरबाट स्ट्राइकर


सिपी अर्याल  (CP Aryal)

चिम्सा तर आकर्षक आँखा भएका १९ वर्षिय उदयिमान युवा खेलाडी निराजन मल्ललाई कतिले लोभ्याएका होलान् ? उनलाई 'केटीसेटी/लभसभको चक्करमा फस्नु छैन' रे! यत्रो स्टार भएर पनि किन यस्तो होला, अचम्म ! निराजनका आँखामा लाजका स्पष्ट तरंग नाचेका देखिन्थे। 'गर्लफ्रेन्ड छैन मेरो!' स्पाइकी हेयरस्टाइल रुचाउने लजालु निराजन भन्छन्। उनलाई ट्रयाक जर्सी मन पर्छ, जुत्ताका पनि खुबै सौखिन। देशबाहिर जाँदा आफूलाई मन पर्ने एकजोर जुत्ता किनिछाड्छन्।


फोटो स्रोत : www.goalnepal.com


निराजनको जन्मथलो चितवन। बाल्यकालको पाँच वर्ष तौलिहवामा बित्यो। यै बेला उनलाई फुटबलमा रस पस्यो। 'तौलिहवामा ठूलोमामुकोमा पढ्न बसेको थिएँ। खेल्नेकुद्ने उमेर थियो।' निराजनले आफूमा फुटबलको रस कसरी बस्यो, त्यो बताउन थाले। उनको कथा अरू सबै खेलाडिको जस्तो छैन, जसले झुम्रोमा भुस भरेर फुटबल खेल्थे।




'फुटबलको क्रेज हुँदै गर्दा हामीले तौलिहवामा एउटा क्लब बनायौँ। पैसा उठाएर फुटबल किन्यो खेल्यो।' उनी भन्छन्। निराजनले उतिबेला नै मुड चेन्ज गरेको भए अहिले उनी फुटबलर हैन क्रिकेटर बन्ने रैछन्। क्रिकेट खेल्दा विकेट किपर बस्ने निराजनको क्रिकेटमै राम्रो प्रदर्शन देखेर साथीहरूले ' तिमी फुटबल भन्दा क्रिकेट पो राम्रो खेल्ने रैछौ' भनिदिए। यी फुटबलर उतिबेलाका साथीको कुरा सम्झेर मुसुक्क हाँसे। किनकी क्रिकेट जतिसुकै राम्रो खेलेपनि उनलाई फुटबलको भूतले तानीसकेको थियो। 'मैले फुटबलभन्दा अन्त ध्यानै मोडिनँ।' यसरी उनी फुटबलमै रमाउन थाले।

तौलिहवाबाट कंचनपुर हिँडे निराजन...

Saturday, September 25, 2010

An Eldest libray

The article is published in Nagarik National daliy dated on 2010 September 25.
जेठो पुस्तकालय
सिपी अर्याल (CP Aryal)

त्यतिबेला नेपालको राजनीति खुबै तरल थियो। राणाकालको बेला। राणाहरू त्राहिमाम हुने कुरा भनेकै पुस्तक थियो जसले मानिसमा चेतना फैलाउने काम गर्ने नै भयो। तर इन्टरनेशनल क्याटलग अफ लाइब्रेरीमा नेपालको पहिलो सार्वजनिक पुस्तकालयको रूपमा दर्ता भएको कपिलवस्तुको पशुप्रति प्रताप पुस्तकालयको कुरा भने अर्कै छ।

भारतसँग सिमा जोडिएको जिल्ला भएकोले त्यसताका भारतमा दिक्षित मानिसहरू कपिलवस्तु आइ बस्ने चलन थियो। त्यहाँ बसोबास गर्न आएका मानिसहरूमध्ये केहीको शैक्षिक चेतनाको स्तर राम्रै थियो, जसको फल कपिलवस्तुले पनि चाख्न पायो।

भारतबाट आएका गोस्वामी परिवारका गण्यमाण्य मानिने हेमलाल पुरीले आफ्नो छोरा पशुपति प्रतापको स्मृतिमा कपिलवस्तुमा एउटा पुस्तकालयको स्थापना गरे। छोरा पशुपति बनारश हिन्दु विश्वविद्यालयमा पढ्दा उनको एउटा निजी पुस्तकालय थियो। ती छोराको मृत्युपछि उनका बाबा हेमलालले छोराको कीर्ति राख्ने उद्देश्यसाथ सो पुस्तकालय स्थापना गरेका हुन् जुन नेपालकै जेठो पुस्तकालयको रूपमा दर्ता भयो तर ख्याती भने उति कमाउन सकेको छैन।

युरोपमा औद्योगिकरणको अवस्था सुरु हुनुअघि पढ्ने लेख्ने कार्य भन्नु केवल चर्चको हातमा थियो। त्यसैको प्रभाव एसियाली मुलुकमा पनि पर्यो। यो पशुपति प्रताप पुस्तकालयको सुरुआति स्थापना पनि मन्दिरमै भयो। कपिलवस्तु जिल्ला सदरमुकाममा रहेको तौलेश्वरनाथ मन्दिरको दुई कोठा दलनमा केही पुस्तक जम्मा पारियो पुस्तकालयको रूपमा स्थापित गरियो। यसको स्थापनामा पशुपति प्रतापका बाबु हेमलाल पुरीबाहेक समाजसेवी पदमबहादुर सिंह, साहित्यकार भवानी भिक्षु लगायतका अन्य बौद्धिक व्यक्तित्वको अग्रसरता थियो। डा. विष्णुराज आत्रेयले उनको पुस्तक 'अर्याल वंसीय विद्वत परम्परा'मा उल्लेख गरेअनुसार नेपालको पहिलो पुस्तकालय कपिलवस्तुमा स्थापना भएको थियो।

नेपालको जेठो पुस्तकालय कुन भन्ने कुरामा पाल्पाको धवल पुस्तकालय कपिलवस्तुको पशुपति प्रताप पुस्तकालयबीच विवाद देखिएको छ। मितिअनुसार पाल्पाको धवल पुस्तकालय वि.सं १९८६ मा स्थापना भयो। तर वि.सं १९९३ मा स्थापना भएको कपिलवस्तुको पुस्तकालय नै पहिलो सार्वजनिक पुस्तकालय हो भनी दावी गरिनुको पछाडी पनि एउटा तर्क छ। कपिलवस्तुस्थित क्याम्पसमा प्राध्यापन गर्ने एक वृद्ध प्राध्यापक तेजकुमार बौद्धाचार्यका अनुसार 'कपिलवस्तुको पशुपतिप्रताप पुस्तकालय इन्टरनेशल क्याटलग अफ् लाइब्रेरीमा नेपालको पहिलो सार्वजनिक पुस्तकालयको रूपमा दर्ता भएकोले हुन सक्छ यो पुस्तकालय नै नेपालको पहिलो सार्वजनिक पुस्तकालय मानिएको।'

सुरुमा एउटा मन्दिरमा स्थापना भएको यो पुस्तकालयको भवन बनेपछि २०२४ सालमा आफ्नै भवनमा सरेको होे। यो जेठो सार्वजनिक पुस्तकालयले राणा कालमा पनि उति हैरानी खेप्नु परेन रे। पुस्तकालय व्यवस्थापकहरूले राणाशासकहरूको गुणगान गाएर राजनीतिक विषयवस्तुका पुस्तकहरू नराखेर भएपनि जसो तसो पुस्तकालय चलाए। पुस्तकालयमा सुरक्षित राखिएको नेपाली कागजका पानामा ठूला ठूला अक्षरले लेखिएको दस्तावेजमा भवानी भिक्षु लगायतका व्यक्तित्वले युद्ध शमशेर नामका राणाको तारिफ गरेर कविता, निवन्ध अनि स्वागत पत्र लेखेका छन्। उता राणा मख्ख यता पुस्तकालय चलाउन ढुक्क।

२००७ सालको क्रान्ति चर्कँदै गएपछि पुस्तकहरूको सुरक्षाको लागि पुस्तकहरू जमिनमा गाडेर पनि राखियो। प्रजातन्त्र पुनस्थापनापछि पुस्तकालयले अलिकति स्वरूप फेर्यो। पंचायत कालमा कपिलवस्तुमा उच्च तहका प्रशासक रहेका हेमराज ज्ञवालीले पनि पुस्तकालयका लागि योगदान गरेका थिए। भवानी भिक्षु जस्ता राष्ट्रिय स्तरका साहित्यकारहरूको अथक प्रयासले पुस्तकालयका र्याकहरू भरिँदै गए। भिक्षुलाई राम्रा लेखक बनाउन यो पुस्तकालयको पनि देन रहेको मान्छन् स्थानीयहरू।

पुस्तकालय स्थापनाको सुरुआतमा सबै पुस्तकहरू हिन्दी भाषाका थिए। मानिसहरूमा शैक्षिक चेतना लगभग शून्य थियो। तर प्रजातन्त्र स्थापनापछि भने बाहिरी विश्वसँगको प्रत्यक्ष सम्बन्धले मानिसहरूमा चेतना फैलाउँदै लग्यो। पुस्तकालयमा भारतीय बाहेकका पुस्तकहरू पनि राखिए, पढ्ने मानिसको संख्या पनि बढ्दै गयो।

पुस्तकालयको व्यवस्थापनको श्रोत थोरै छ। हालको समयको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष अमृत मल्लले दिएको जानकारी अनुसार पुस्तकालयले केही सटरहरू भाडामा दिएको सोही भाडा रकमबाट उठेको पैसाले पुस्तकहरू किन्ने लगायत कर्मचारीलाई तलबको छाक टर्ने गरेको छ। कुनै बेलामा पुस्तकालयको लागि श्रोत अभावको कारण केही बुझेका मानिसले भल्युन्टेयर गरेर भएपनि पुस्तकालय चलाए। पुस्तकालयमा अहिले पनि भारतीय पुस्तक पत्रिपत्रिकाहरूको धेरै दबदबा छ। भर्खरै बजारमा आएका पुस्तकको सवालमा पनि पुस्तकालय अपडेट देखिएन। मानिसहरू नेपाली अंग्रेजी फिक्सन, नन फिक्सन भन्दा भारतकै अखबारहरू धेरै पढ्ने गरेको भेटियो। बाल पुस्तकालयको स्थापना भएपनि बच्चाबच्चीका लागि चाहिने यथेष्ट पुस्तकहरू देखिँदैन।